May 15, 2024 | बुधबार, जेष्ठ २, २०८१
सुचनाहरु
नीति तथा कार्यक्रमः बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने सर्वोच्च अदालतमा अब अनलाइनबाटै रिट दर्ता गर्न सकिने नेप्से २८.६२ अंकले बढ्यो कोशी प्रदेश सांसद निर्मला लिम्बू अशोक राई नेतृत्वकाे जसपामा अमेरिका र क्यानडाकाे प्रलाेभन देखाएर ५ कराेड ठगी ; तीनजना पक्राउ टर्कीको राष्ट्रसंघ मिसन कार्यालयमा जागिर लगाउने प्रलोभनमा १२४ जनालाई ठगी ; एक प्रक्राउ २ अर्ब १ करोडको अवैध कारोबार, प्रहरीद्वारा सार्वजनिक कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा चार जनालाई पक्राउ करका दर हेरफेरमा मनोमानी गर्दिन: अर्थमन्त्री पुन सरकारले माग सम्बोधन नगरेको भन्दै राजधानीको सडकमा व्हिलचियर आन्दोलन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन, कांग्रेसकाे अडान कायमै भारतीय सुपरस्टार अभिनेता अल्लु अर्जुन विवादमा ; अर्जुनविरुद्ध प्रहरीले दायर गर्यो मुद्धा सुरक्षण मुद्रणमा ४० करोड बढी भ्रष्टाचार, विकल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा क्यानडामा आगलागी : हजारौँ मानिस घर छाडेर भागे नेप्से सूचक ८ अंकले बढ्यो वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै कोशीका मुख्यमन्त्री कार्कीले सोमबार विश्वासको मत लिने विदेश पढ्नेले लगे ९ महिनामा झन्डै १ खर्ब राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

सिद्धबाबा प्रकरणः पीडितसँग वकिल राख्ने पैसा भएन

  • साझा परिवेश
  • शुक्रबार, भदौ २९, २०८० १५:५५
सिद्धबाबा प्रकरणः पीडितसँग वकिल राख्ने पैसा भएन

चार वर्ष लामो बलात्कार आरोप मुद्दामा विवादास्पद धर्मगुरु सिद्धबाबा भनिने कृष्णबहादुर गिरीले बुधबार जिल्ला अदालत सुनसरीबाट सफाई पाए । उनले पाएको यो दोस्रो सफाई हो । यसअघि  २२ मंसिर  २०७७ मा जिल्ला अदालत सुनसरीका तत्कालिन न्यायाधीश (हाल उच्च अदालतका  न्यायाधीश) अर्जुनप्रसाद कोइरालाको इजलासले गिरीलाई सफाई दिएको थियो । तर उच्च अदालतले जिल्लाले प्रमाण नबुझी फैसला गरेको ठहर गर्दै पून मुद्दा जिल्लामा फर्काएपछि बुधबार न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासले सफाई दिएको हो ।

जिल्लाको फैसलापछि सिद्धबाबा र उनका अनुयायीले खुसियाली मनाएका छन् । चार वर्षदेखिको आरोपबाट मुक्त भएका छन् । तर पीडित महिलाले भने झन पीडा  थपिएको बताएकी छन् । ‘उ सँग विश्वका धनाड्य व्यक्तीदेखि राज्य सबै निकायहरु थिए,’ पीडित महिलाले भनिन्,‘म सँग वकिल राख्ने  फिस थिएन् ।’

न्यायलयबाट उनले अन्याय भएको बताएकी छन् । बुधबार फैसला हुँदा सरकारी वकिल बाहेक उनको पक्षमा बहस गरिरहेका कानुन व्यावसायी बहसमा पुग्न पाएनन् ।

जिल्लाकाे  फैसलापछि  उनले आफ्ना पीडा यसरी सुनाइन् ।

तीन चार हप्तादेखि पेसी सारिरहेको थियो, हिजो पनि सार्छन भनेर बसेका थियौं, तर सार्दै नसारी  गरि हालेछन् । बहसका लागि वकिलहरु हुनुहुन्थ्यो, बुधबार छुट्टी हुने हल्ला थियो, विदाको हल्लाले हाम्रो दुई जना वकिलले बहस गर्न जान पाउनु भएन ।
यस्तै रहेछ यहाँ, विनोद चौधरी जस्ता ठूलाबडा नेताहरु उसका वरीपरी रहेछन् । मैले एउटा पनि वकिल राख्न सकिन् । सहयोगी संस्थाका वकिल हिजो जान पाएनन्, सरकारी  वकिलेले मात्रै बसह गरे ।
चार वर्षअघि म माथि अन्याय हुँदा सुरुमा प्रहरीले पनि पीडिककै पक्ष लियो, पछि मुद्दा दर्ता त भयो  त्यस बेला जिल्ला अदालतले पनि न्याय दिएन् । उच्च अदालत विराटनगरले मुद्दालाई जिल्लामै फर्कायो ।  जिल्लामा फर्काउनु पूर्ण रुपमा सफाइ दिनका लागि हो जस्तो लाग्यो अहिले ।
उसले पटक पटक अपराध गरेपनि शक्तीको आडमा ढाकछोप गरिरहे, अब अदालतपनि उसकै पक्षमा बोलिदियो । नेपालमा हुने खानेलाई कानुन नलाग्ने रहेछ जस्तो लागिरहेको छ, जो सँग पहुँच छ,उसका पक्षमा हुनेरहेछ । 

उसले अदालतबाट सफाई पाएको सुन्दा न्याय पाउने आश गर्नु नै बेकार रहेछ कि जस्तो लागिरहेको छ ।  हिजो धर्मको नाम जोडेर मलाई बदनाम गर्न खोजे, प्रभावमा पनि पार्न खोजे । संवेदनशील मुद्दामा फैसला गर्न यत्रो वर्ष लगाइदिए । यो चार वर्ष कति पीडा र तनाबमा बसेको छु । 

मुद्दामा त्यती धेरै प्रमाण हुँदा पनि मैले न्याय पाइन् । उसले बोलेका अडियो प्रमाणहरु अदालतमा छन् । फेरि कानुनले भनेको छ, पीडितको बोली नै पहिलो आधार हो । मैले त यत्रो वर्षदेखि मलाई न्यााय चाहियो भनिरहेको छु, लडीरहेको छु, त्यती धेरै प्रमण हुँदा अदालतलाई के प्रमाण चाहिने रहेछ अरु ? 

नेपालमा गरिब दुःखीका लागि कानुन छैन, गेरु बस्त्र धारण गरेर हिडेपछि जे गर्न पनि छुट हुने रहेछ । कानुनले पनि छुट दिदो रहेछ, सामान्य मान्छे भएको भए उसलाई कानुन लाग्थ्यो होला, धर्मको खोल ओडेर पैसा र पावर भएपछि कानुनले पनि देखेन ।  

चार वर्षसँग अनेक तनाब सहेर न्याय पाउने आशमा बसे, तर जिल्लाले न्याय दिएन् । आश अझै मरेको छैन, उच्च अदालत छ, उच्च नभए सर्वाेच्च अदालत छ । न्याय पाउने आश अझै जीवितै छ ।
अहिले त मैले वकिल पनि राख्न सकिन् । अब उच्चमा मुद्दा जान्छ, उच्चसँग आश छ, भएन भने सर्वाेच्चमा जान्छौं,  जिल्ला अदालतले छुट दिएपनि मेरो लडाई जारी छ । म निरन्तर लडिरहन्छु । न्याय पालिकाले अन्याय गरेको छ, चार वर्षसम्म राज्यका शक्ती लागेर पीडा थपेका छन् ।

हिजो हामीलाई प्रभावमा पार्न खोजे, नसकेपछि न्याय पालिका किन्छौं भन्थे, न्यायपालिकाले पनि हाम्रो मुद्दालाई सटआउट गर्नका लागि त्यसबेला अर्जुन कोइराला न्यायाधीशलाई पठाएको  थियो । मुद्दाको फैसला लगतै उहाँको बढुवा पनि भयो । राज्यका शक्ती नै लागेर मलाई झन पीडिा दिए, न्याय भन्ने चिज कहा रहेछ र  ।

​​​​​​​……
विवादापद धर्मगुरु गिरीमाथि चतरा स्थीत आश्रममा काठमाडौँबाट आएकी महिला अनुयायीमाथि २०७६ कात्तिक ३  गते राती  बलात्कार गरेको आरोप छ । घटनापछि ११ मंसिर २०७६ मा पीडितले जिल्ला प्रहरी कार्यालय सुनसरीमा जाहेरी दिएकी थिइन् ।

सुरुमा जाहेरी दर्ता गर्न नमानेको प्रहरीले गिरीलाई पक्राउ गरेर एक दिनपनि प्रहरी कार्यालय राखेन ।  हिरासतको अवधि विराट नर्सिङहोममा गुजारेका गिरीलाई १४ पुस २०७६ मा जिल्ला अदालत सुनसरीका तत्कालिन न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले तीन लाख धरौटीमा पूर्पक्षका लागि छाड्ने आदेश दिएको थियो । जिल्लाको आदेशअघि अस्पतालको बेडबाट रुदै महिलालाई टेलिफोन गरेर मुद्दा फिर्ता लिए आफ्नो लिङ्ग काट्ने बताएको अडियो सार्वजनिक भएको थियो ।

जिल्लाको आदेशपछि अस्पतालबाट आश्रम फर्किका गिरीलाई ९ माघ २०७६ मा उच्च अदालत विराटनगरका तत्कालिन मुख्यन्यायाधीश तीलप्रसाद श्रेष्ठ र न्यायाधीश प्रेमराज कार्कीको इजलासले थुनामै राखेर मुद्दाको पूर्पक्ष गर्न अदेश दिएको थियो । आदेशकै  दिन भारत गएका उनी २० फागुन २०७६ फागुनमा फकिएपछि कारागार चलान भएका थिए ।

२२ मंसिर  २०७७ मा जिल्ला अदालत सुनसरीका तत्कालिन न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले गिरीलाई सफाई दिएको थियो । ३ जेठ २०७९ मा उच्च अदालत विराटनगरका कामु मुख्यन्यायाधीश सत्यमोहन जोशी थारु र किरणकुमारी गुप्ताको इजलासले जवरजस्ती करणी मुद्दामा सफाई दिने जिल्लाको फैसलामा गम्भीर त्रुटी देखाउँदै पून प्रमाण बुझेर न्याय निरुपण गर्न फैसला गरेको थियो ।  उच्चको फैसलापछि मुद्दा जिल्लामै फर्किएको मुद्दा जिल्लामा २०७९ असार १४ गते पून मुद्दा दर्ता भएको थियो । पुन दर्ता भएको मुद्दा अदालतले दाबी नपुग्ने ठहर गरेको हो ।

बलात्कार आरोप सम्बन्धी मुद्दा विचाराधिन हुँदा सिद्धबाबा धार्मिक गतिविधिमा हिडिरहे । उनका धार्मिक गतिविधिमा नेतादेखि बहालवाला मन्त्री, प्रशासक र ब्यापारीहरु सहभागि हुन्थे । पूर्व राष्ट्रपति विद्यादेवी  भण्डारीदेखि वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलसँग उनको चिनजान छ । राष्ट्रपतिमा बहाल रहदा भण्डारी उनको आश्रममै पुगेकी  थिइन् । वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई माओवादी  केन्द्र  शान्ति प्रक्रियामा आएपछि गिरीले नै भैसी पूजा गर्न लगाएका थिए ।

  • साझा परिवेश
  • शुक्रबार, भदौ २९, २०८० १५:५५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट