May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

घुम्ती शिविरबाट ७ सय ५८ जना लाभान्वित

  • साझा परिवेश
  • सोमवार, भदौ २५, २०८० १२:३९
घुम्ती शिविरबाट ७ सय ५८ जना लाभान्वित
  • टोलस्तरीय घुम्ती शिविरबाट ७ सय ५८ जना नागरिकले सेवा पाए 
  • कार्यालय पुगेर सेवा लिन नसक्नेलाई मध्यनजर गर्दै टोल टोलमा आयोजना गरियो 

खोटाङ ।।

खोटाङको साकेला गाउँपालिका-१ बाँझेच्यानडाँडामा आयोजना गरिएको टोलस्तरीय घुम्ती शिविरबाट ७ सय ५८ जना नागरिकले सेवा लिएको बाँझेच्यानाडाडाँका वडा अध्यक्ष हेमन राईले बताउनुभयो ।

भौगोलिक विकटताका कारण गाउँपालिकाको कार्यालय पुगेर सेवा लिन नसक्ने नागरिकलाई मध्यनजर गर्दै टोल-टोलमा आयोजना गरिएको घुम्ती शिविरबाट २ सय ४३ जना ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता नवीकरण, २ सय ९० जनाको स्वास्थ्य जाँच एवम् औषधि वितरण र दुई सय ५५ घरधुरीले जग्गाको कर बुझाएका छन् । सेवाग्राहीलाई गाउँमै सेवा दिने लक्ष्यका साथ टोलस्तरमा सरकारी सेवाको प्रबन्ध मिलाइएको हो ।

टोलस्तरीय घुम्ती शिविरबाट सामाजिक सुरक्षा भत्ता नवीकरण, प्राथमिक स्वास्थ्य सेवा र भूमि कर सङ्कलन सम्बन्धी सेवा पाउँदा नागरिक हर्षित बनेका छन् । नागरिकको आवश्यकतालाई पहिचान गरी अन्य सेवाहरु पनि क्रमिक रुपमा टोलटोलबाटै प्रदान गरिने साकेला गाउँपालिका अध्यक्ष रविप्रकाश राईले बताउनुभयो ।

  • साझा परिवेश
  • सोमवार, भदौ २५, २०८० १२:३९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।