May 18, 2025 | आइतवार, जेष्ठ ६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

लडेर-भिडेर जसरी पनि अर्थतन्त्रका चुनौती समाधान गर्नेछौं : अर्थसचिव पुष्कर

  • साझा परिवेश
  • बिहिबार, अशोज ४, २०८० १५:४२
लडेर-भिडेर जसरी पनि अर्थतन्त्रका चुनौती समाधान गर्नेछौं : अर्थसचिव पुष्कर
  • अर्थ मन्त्रालयमा अर्थसचिव पदमा फर्किएपछी भन्छन् लडेर भिडेर काम गर्छु 
  • बिहीवार अर्थमन्त्रालयमा पदभार ग्रहण गर्न पुगे
  • अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि कर्मचारी संयन्त्र हुनसक्क्ने जति प्रयास गर्ने

काठमाडौं ।।

८ महिनापछि कृष्णहरि पुष्कर अर्थ मन्त्रालयमा अर्थसचिव पदमा फर्किएका छन् । गत शुक्रबारको मन्त्रिपरिषद बैठकले सरुवा गरेका उनी बेलायत भ्रमण सकेर बिहीवार अर्थमन्त्रालयमा पदभार ग्रहण गर्न पुगेका थिए । मन्त्रालयमा अर्थमन्त्री प्रकाशकरण महत, राजस्व सचिव रामप्रसाद घिमिरेसहित मन्त्रलयका सहसचिवहरुले पुष्करको स्वागत गरेका थिए । पदभार ग्रहण गर्दै पुष्करले अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि कर्मचारी संयन्त्र हुनसक्क्ने जति प्रयास गर्ने बताए ।

पुष्कर अर्थसचिवमा सरुवा हुनुअघिसम्म अर्जुनप्रसाद पोखरेल अर्थसचिव थिए । २० वैशाख २०८० मा पोखरेल अर्थसचिव हुनुअघि तोयाम रायाले करिब चार महिना यो जिम्मेवारी सम्हालेका थिए । तोयामअघि भने पुष्कर नै अर्थसचिव थिए । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट ल्याउँदा अर्थसचिव रहेका मधु मरासिनी अनधिकृत व्यक्तिको प्रवेशबाट बजेटमा करको दर हेरफेर गराएको विवादमा मुछिएपछि सरुवा भएका थिए ।

त्यसपछि २६ साउन २०७९ मा अर्थसचिव बनेका पुष्करलाई २१ पुस २०७९ मा रायाले विस्थापित गरेका थिए । फेरि अर्थसचिव पदभार ग्रहणपछि पुष्करले कर्मचारीलाई निर्देशन दिँदै अर्थसचिव पुष्करले अर्थतन्त्रमा देखिएका चुनौती समाधान सकिने विश्वास व्यक्त गरेको राष्ट्रिय समाचार समिति (रासस) ले जनाएको छ ।

‘अर्थतन्त्रको विषम परिस्थितिमा धेरै चुनौतीका अगाडि मलाई सरकारले अर्थसचिवको जिम्मेवारी दिइएको छ । यो कुरालाई मैले निकै संवेदनशीलताका साथ मनन गरेको छु’, पुष्करले भने, ‘राज्यका अगाडि देखिएका चुनौती समाधान गर्न सक्ने छौं भन्ने विश्वास लिएको छु । लडेर–भिडेर जसरी पनि अर्थतन्त्रका चुनौती समाधान गर्नेछौं ।’ अहिले अर्थतन्त्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपबाट चुनौतीहरू देखापरेको उल्लेख गर्दै उनले दृढ विश्वासका साथ काम गरे समाधान गर्न सकिने बताए ।

‘अहिले आर्थिक स्थायित्व कायम गर्ने, राजस्व घाटा कम गर्ने, सार्वजनिक ऋणको व्यवस्थापन लगायतका विषय चुनौतीपूर्ण छन् । पूँजी बजारका विषयमा सबै सरोकारवाला मिलेर चुनौती व्यवस्थापन गर्नुपर्ने अवस्था छ’, उनले भने, ‘चुनौतीहरू बेलाबेलामा आइरहन्छन् । तिनलाई सम्बोधन गर्दै र व्यवस्थापन गर्दै जानुपर्ने हुन्छ ।’ वित्त नीति र मौद्रिक नीतिका समन्वयात्मक कार्यान्वयनबाट सकारात्मक नतिजा प्राप्त गर्न सकिने उनको भनाइ छ ।

अर्थ मन्त्रालयमा पहिले पनि काम गरिसकेकाले कर्मचारीले आफूलाई पूर्ण सहयोग गर्ने विश्वास लिएको उनको भनाइ छ । अहिलेको बदलिँदो परिप्रेक्ष्यमा विगतमा गरिरहेको भन्दा थप मेहनतका साथ काम गर्न पनि उनले निर्देशन दिएको राससले जनाएको छ । ‘हामीले नतिजामुखी काम गर्ने भनेको ‘टिमवर्क’ बाट हो । सबै साथीहरूमा कामप्रतिको लगाव छ । त्यसको सम्मान गर्दै थप जाँगरका साथ काम गर्न आग्रह गर्दछु’, उनले भने, ‘तपाईँहरूले व्यावसायिक, जिम्मेवार र उत्तरदायी भएर कर्तव्य निर्वाह गर्नुहुनेछ भन्नेमा विश्वस्त छु ।’

 

  • साझा परिवेश
  • बिहिबार, अशोज ४, २०८० १५:४२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट