May 10, 2024 | शुक्रबार, बैशाख २८, २०८१
सुचनाहरु
बिद्यालय जान्छुभनी हिडेका अपकोस बेपत्ता परिवारद्वारा खोजिदिन अपिल गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको आधार भेटियो- काँग्रेस सचेतक रमेश लेखक कोशीको बजेट अधिवेशन बैशाख ३१ गते बोलाउन सिफारिस गण्डकीको रिट न्यायाधीश अब्दुल अजीजको इजलासमा तोलामा २३ सयले बढ्यो सुनको मूल्य कोशी सरकारविरुद्ध परेको रिट न्यायाधीश फुयालको इजलासमा रवि लामिछानेलाई संसदमा बोल्न दिने कांग्रेसको निर्णय संसदीय दलको बैठकमा कांग्रेसले बाँड्यो रवि लामिछानेको नाम मुछिएको अभियोगपत्र एमालेले बोलायो संसदीय दलको बैठक दाङमा श्रीमानको हत्या गरेको अभियोगमा श्रीमती पक्राउ सङ्घीय संसद् अधिवेशन आजदेखि कोशीमा नयाँ सरकार गठनविरुद्ध परेको रिटको पेसी आज आजको मौसमः कोशी, बाग्मती र गण्डकी प्रदेशमा बिहानैदेखि वर्षा आज अक्षय तृतीया मनाइँदै जलेश्वरका मेयर र उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर बागमती सरकारले खर्च गर्‍याे ३८ दशमलव ९२ प्रतिशत बजेट उपेन्द्र यादवको कार्यशैलीका कारण नयाँ दल बनायौं- अशोक राई कोशीको नयाँ मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्बोच्चमा रिट दर्ता कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

गायक राजेश पायल राईको देशभक्ति गीत ‘भावनाको देश’ सार्वजनिक

  • साझा परिवेश
  • शुक्रबार, अशोज ५, २०८० १३:२८
गायक राजेश पायल राईको  देशभक्ति गीत ‘भावनाको देश’ सार्वजनिक

युवराज भण्डारीको शब्द रचना रहेको देशभक्ति गीत ‘भावनाको देश’ संविधान दिवसको अवसर पारेर सार्वजनिक भएको छ । गायक राजेश पायल राईले गाएको सो गीतलाई सङ्गीतकार राजेश थापाले संगीतबद्ध गरेका छन् । फणीन्द्र राई यो गीतका सङ्गीत संयोजक हुन् ।

काठमाडौंको ए-वान म्युजिसियन स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतको रेकर्डिङ राजेश श्रेष्ठले गरेका हुन् भने ध्वनि सम्पादन किशोर थापाले गरेका छन् । गीतकार भण्डारीको युट्युव च्यानल वाई बी कृयसनले असोज ३ गते सार्वजनिक गरेको यस गीतको म्यूजिक भिडिओमा पूजा ठकुरीको निर्देशन रहेको छ । विनोद बमको सम्पादन र रामकुमार केसीको छायाङ्कनमा भिडिओ साङ्ग्रिला कृयसनले तयार पारेको हो ।

प्रवासमा रहेर पनि नेपाली सङ्गीत र साहित्यमा अनवरत रूपले सक्रिय तनहुँ निवासी युवराज भण्डारी हाल क्यानडा छन् । भण्डारीको एक गीति कविता सङ्ग्रह प्रकाशित छ भने ‘भावनाको तस्वीर’ (गजलसङ्ग्रह) र ‘अर्को कर्नाली’ (कवितासङग्रह) प्रकाशोन्मुख छन् । उनको शब्द तथा सङ्गीतमा यस अगि पनि केही गीतहरू बजारमा आइसकेका छन् । पेशाले इन्जिनियर भण्डारी प्रवासमा साहित्यिक र सामाजिक अभियानमा सक्रिय छन् ।

‘भावनाको देश’ गीतको पुरा भिडियो हेर्न तल लिङ्क दिइएकाे छ ।

  • साझा परिवेश
  • शुक्रबार, अशोज ५, २०८० १३:२८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट