November 23, 2024 | शनिबार, मंसिर ८, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

सरु लिम्बु घाइते भइन्,गुमे सबै बाँकी खेल

  • साझा परिवेश
  • शनिबार, अशोज ६, २०८० १२:५८
सरु लिम्बु घाइते भइन्,गुमे सबै बाँकी खेल
  • टोलीकी मिडफिल्डर सरु लिम्बु लडीन् 
  • उनी करिब ९ महिना मैदान बाहिर रहने
  • एक साता अस्पताल बसाइपछि सरु टोलीसँगै नेपाल फर्कने
  • नेपालले सोमबार जापानसँग खेल्ने
  • अन्तिम खेलमा नेपालले बंगालदेशको सामना गर्ने

काठमाडौँ ।।

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर सरु लिम्बुले एसियन गेम्सका बाँकी खेल गुमाउने भएकी छन्। चीनमा जारी १९औं एसियन गेम्सअन्तर्गत भियतनामसँगको खेलमा चोट लागेपछि सरुले बाँकी खेल गुमाउने भएकी हुन्। चोटका कारण खेलको ३५औं मिनेटमा आफैँ खुट्टा ट्विस्ट हुँदा मैदान छाडेकी थिइन्। सरुको बाँया खुट्टाको एसिएल र मिनिस्कस गएको छ। चोटसँगै उनी करिब ९ महिना मैदान बाहिर रहनेछिन्।

उनको आज नै शल्यक्रिया गरिँदै छ। करिब एक साता अस्पताल बसाइपछि सरु टोलीसँगै नेपाल फर्कनेछिन्।सरु घाइते भएको खेलमा नेपाल भियतामसँग २-० ले हारेको छ। नेपालले सोमबार जापानसँग खेल्नेछ। समूह चरणको अन्तिम खेलमा नेपालले बंगालदेशको सामना गर्नेछ।

  • साझा परिवेश
  • शनिबार, अशोज ६, २०८० १२:५८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्