April 11, 2025 | शुक्रबार, चैत्र २९, २०८१
सुचनाहरु
निकिता पौडेल आफै पुगेर सर्वोच्च अदालतमा  दायर गरिन् रिट   पुर्वराजालाइ संसदीय समितिमा बोलाएर स्पस्टिकरण सोध्न माग बुद्ध एयरको विमान मार्फत काठमाडौ ल्याइपुर्याइयो दुर्गा प्रसाईलाई दुर्गा प्रसाईं लाई आसाम प्रहरीले नेपालको सिमामा छोडेपछी पक्राउ गर्यो नेपाल प्रहरीले दुर्गा प्रसाईँले आत्मसमर्पण गरेको खुलासा काठमाडौं महानगरका मेयरदेखि कर्मचारी सबैले पाए तलब म्यासेजमा पठाइएका यस्ता लिङ्कहरु भुलेर पनि नखोल्नुहोस्  राजु पाण्डेलाई  कडा कारबाही गरि पदबाट हटाउनुपर्ने माग  दिपेन्द्रसिंह ऐरीले फेरि बनाए अर्को विश्व कीर्तिमान बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी  तीनकुनेमा गोलि लागेर ज्यान गुमाएका सविनकी श्रीमतीलाई भाटभटेनीले जागिर दिदै  हत्या गरेको १७ वर्षपछि साधुको भेषमा लुकिछिपी बसेका पुजारी पक्राउ आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो बुबाले गुगल ड्राइभमा राखे

निर्विरोध क्यानको सदस्य भइन् जयन्ती भट्ट

  • साझा परिवेश
  • शनिबार, अशोज ६, २०८० १६:0२
निर्विरोध क्यानको सदस्य भइन् जयन्ती भट्ट
  • महिला खेलाडीको हकहितका लागि काम गर्ने
  • महिलाको ३३ प्रतिशत उपस्थितिका लागि प्रयास गर्ने

काठमाडौं ।।

नेपाल क्रिकेट संघ (क्यान) को महिला सदस्यमा जयन्ती देवी भट्ट दोहोरिएकी छिन् । उनी चार वर्षअघि पनि क्यानमा महिला सदस्यको रुपमा निर्वाचित भएकी थिइन् । दार्चुलाकी भट्टले महिला सदस्यमा दोहोरिएपछि महिला खेलाडीको हकहितका लागि काम गर्ने बताएकी छन् ।

‘म अब हाम्रा महिला खेलाडीको हकहितका लागि कुरा उठाउने छु ।महिला खेलाडीको तलब, करार कोटा लयागतका कुरामा म ध्यान दिनेछु,’ उनले भनिन् । उनले अब आउँदो साधरणसभामा महिलाको ३३ प्रतिशत उपस्थितिका लागि प्रयास गर्ने बताइन् ।

भट्टसँगै केन्द्रीय कार्यसमितिमा ६ जना सर्वसम्मत रुपमा निर्वाचित भएका छन् ।अध्यक्षमा चतुरबहादुर चन्द, उपाध्यक्षमा रोशन सिंह, कोषाध्यक्षमा पदमबहादुर खड्का, लुम्बिनी प्रदेशमा प्रदीप मझगैया र कर्णाली प्रदेशमा श्रीधर केसी निर्विरोध भएका छन् ।

 

  • साझा परिवेश
  • शनिबार, अशोज ६, २०८० १६:0२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट