May 1, 2024 | बुधबार, बैशाख १९, २०८१
सुचनाहरु
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख चोरी टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले २०८४ को निर्वाचनमा भाग लिने शेयर बजार २६ अंकले वृद्धि कर्णाली सरकारले पायाे पूर्णता, नवनियुक्त ६ मन्त्रीले लिए शपथ काठमाडौंमा प्रदूषण बढ्यो : सकेसम्म घर बाहिर अनावश्यक ननिस्कन मन्त्रालयको आग्रह संविधानभन्दा माथि सर्वोच्च हुन सक्दैन, प्रेस स्वतन्त्रताको परिधिलाई कुनै आदेशले सीमित गर्न सक्दैन : पत्रकार महासंघ ‘मनसरा’ को पहिलो गीत ‘झ्यालको’ सार्वजनिक मुस्ताङमा विद्यार्थी बोकेको गाडी दुर्घटना हुँदा २१ जना घाइते पराजयपछि मिलनले भने- भ्रष्टाचार र बेथितिविरुद्ध निरन्तर घण्टी बजाइरहनेछाैँ तराई मधेशमा गर्मीसँगै तातो लहर अझै केही दिन बढ्ने सुनको मूल्य स्थिर स्टिङ अपरेशनको सत्य तथ्य जनता सामु ल्याउन जनार्दन शर्माको आग्रह उपनिर्वाचनः इलाम-२ मा १६ जना उम्मेदवारको जमानत जफत संसदीय समितिको बैठक बस्दै पतञ्जलिका १४ उत्पादनको लाइसेन्स खारेज कस्तो रहला आजको मौसम ? गण्डकी सरकार गठनविरुद्धको रिट खारेज रास्वपाका मिलन लिम्बुको १० प्रतिशत मत नपुगेपछि जमानत जफत इलाम–२ मा एमालेका सुहाङ नेम्वाङ निर्वाचित

गौर हत्यारालाई जोगाउन रौतहटका सत्तारुढहरु एकजुट

  • साझा परिवेश
  • बुधबार, साउन १०, २०८० १३:२0
गौर हत्यारालाई जोगाउन रौतहटका सत्तारुढहरु एकजुट
  • गौर हत्याकाण्डका दोषीलाई कानुनी दायरामा ल्याउन माग
  • सत्तारुढ राजनीतिक दलहरु एकजुट भएको आजपाको आरोप
  • एकीकृत समाजवादी, जसपा, जनमत र लोसपाले संयुक्त रुपमा प्रदर्शन

काठमाडौं ।।

आम जनता पार्टी (आजपा)ले गौर हत्याकाण्डका दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेको छ । गौर हत्याकाण्डका हत्यारालाई जोगाउनका रौतहटका सत्तारुढ राजनीतिक दलहरु एकजुट भएको आजपाको आरोप छ ।

मंगलबार आजपाका अध्यक्ष प्रभु साहको नाम जोडेर रौतहटका सत्तारुढ दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, जनमत र लोसपाले संयुक्त रुपमा प्रदर्शन गरेका थिए । उक्त पर्दशनप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै आजपाले आपत्ति जनाएको छ ।

‘आम जनताको कुनै हक अधिकार वा पीडितहरुलाई न्याय दिलाउन एकजुट हुनुको सट्टा आज एकाएक विगत १७ वर्षदेखि अनवरत न्यायको पर्खाइमा रहेका विभत्स गौर हत्याकाण्डका पीडितहरुले न्याय पाउने सम्भावना बढेसँगै हत्याकाण्डका अपराधी र तीनका संरक्षकहरु आतंकित भई हताश मनोविज्ञानका साथ यसरी संगठित हुनुले पनि काफी कुराको संकेत गरिरहेको स्थित छ ।’

आजपा प्रवक्ता चन्द्रभुषण साह विज्ञप्ति निकालेर सर्वोच्च अदालतसहित देशका तिनै तहको न्यायालयबाट न्याय निरुपण हुँदा कहीँ कतै प्रभु साहको नाम निशानसमेत नआएको विषयमा पूर्वाग्रही भई कपोकल्पित, आधारहिन र झुठा आरोप लगाएर प्रदर्शन भएको बताएका छन् ।

‘यदि सत्तारुढ गठबन्धनले लगाएको आरोपमा थोरै पनि सत्यता छ भने यसलाई प्रमाणित गर्न आम जनता पार्टी खुल्ला चुनौती दिन चाहन्छ.’ विज्ञप्तिमा अगाडि भनिएको छ, ‘‘गौर हत्याकाण्डका अपराधीहरुलाई यथाशीघ्र कानुनी दायरामा ल्याउन मार्गप्रशस्त गरी सहयोग गर्न सम्बन्धित सबै पक्षहरुसँग जोडदार माग समेत गर्दछौं ।’

 

  • साझा परिवेश
  • बुधबार, साउन १०, २०८० १३:२0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट