May 14, 2024 | मङ्लबार, जेष्ठ १, २०८१
सुचनाहरु
अमेरिका र क्यानडाकाे प्रलाेभन देखाएर ५ कराेड ठगी ; तीनजना पक्राउ टर्कीको राष्ट्रसंघ मिसन कार्यालयमा जागिर लगाउने प्रलोभनमा १२४ जनालाई ठगी ; एक प्रक्राउ २ अर्ब १ करोडको अवैध कारोबार, प्रहरीद्वारा सार्वजनिक कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा चार जनालाई पक्राउ करका दर हेरफेरमा मनोमानी गर्दिन: अर्थमन्त्री पुन सरकारले माग सम्बोधन नगरेको भन्दै राजधानीको सडकमा व्हिलचियर आन्दोलन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन, कांग्रेसकाे अडान कायमै भारतीय सुपरस्टार अभिनेता अल्लु अर्जुन विवादमा ; अर्जुनविरुद्ध प्रहरीले दायर गर्यो मुद्धा सुरक्षण मुद्रणमा ४० करोड बढी भ्रष्टाचार, विकल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा क्यानडामा आगलागी : हजारौँ मानिस घर छाडेर भागे नेप्से सूचक ८ अंकले बढ्यो वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै कोशीका मुख्यमन्त्री कार्कीले सोमबार विश्वासको मत लिने विदेश पढ्नेले लगे ९ महिनामा झन्डै १ खर्ब राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता शेखर कोइराला र गगन थापाबीच भेटघाट मधेश प्रदेश सरकारबाट माओवादी केन्द्रले समर्थन फिर्ता लिने विश्वकपमा इतिहासकै कान्छा कप्तान, रोहितकुमार पौडेलले नयाँ कीर्तिमान थप्दै जसपा नेपालले आजै सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने

सभापति देउवाले सरकारलाई यो काम गर भनेर भन्नसक्नुपर्‍यो : प्रदीप पौडेल

  • साझा परिवेश
  • आइतवार, अशोज ७, २०८० ११:३५
सभापति देउवाले सरकारलाई यो काम गर भनेर भन्नसक्नुपर्‍यो : प्रदीप पौडेल
  • मन्त्रीहरुले राम्रो काम गर्न नसकेको आरोप
  • मन्त्रीको उपलब्धी सुन्न पाइएन 
  • एक हजारको कमीटी बनाएर अधिवेशन सम्भव हुनसक्छ?
  • अनुशासन समितिले पद्धति भन्दा बाहिर गएर आफूखुसी निर्णय गर्यो 

काठमाडौं ।।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले सरकारमा रहेका कांग्रेसका मन्त्रीहरुले राम्रो काम गर्न नसकेको आरोप लगाएका छन् ।केन्द्रीय समितिको तेस्रो दिनको बैठकमा बोल्ने क्रममा केन्द्रीय सदस्य पौडेलले, ‘हाम्रा साथीहरु मन्त्रिमण्डलमा हुनुहुन्छ । राम्रो काम गरेको भनेर मैले देशभरि भाषण गर्न पाइन । मेरा साथी मन्त्री भएका कारण यस्तो उपलब्धी भयो भनेर कांग्रेसका कुनै पनि साथीले भन्न पाएको स्थिति छैन ।’

पौडेलले आर्थिक अवस्था दयनीय रहेको टिप्पणी गरे । ‘३५ प्रतिशत सटरहरु आज बन्द रहेको व्यवसायीले भनेका छन् । खाद्यान्नमा महँगी १४ प्रतिशत बढेको छ,’ पौडेलले भने,‘एक बोरा चामलमा तिन समयसम्म बढेको छ । बैठकले निर्णय गरेर मात्रै भएन, सरकारलाई यो काम गर सभापतिले भन्नसक्नुपर्‍यो ।’उनले भ्रातृ संस्थाको अधिवेशनमा आशंका राख्दै सभापति शेरबहादुर देउवासँग जवाफ पनि मागेका छन् ।

‘एक हजारको कमीटी बनाएर अधिवेशन सम्भव हुनसक्छ?’ उनले सभापतिसँग सोधे,‘उनीहरु अधिवेशनका प्रतिनिधि हुन्छन् कि प्रर्यवेक्षक हुन्छन् कि, छेउ किनारामा बसेर टुलुटुल हेरेर बस्ने हुन्छन्?’ अनुशासन समितिले पद्धति भन्दा बाहिर गएर आफूखुसी निर्णय गरेको उनले गुनासो गरे । अनुशासनको कारबाही गर्दा त्रुटी भएको पौडेलले बैठकमा उल्लेख गरे ।

 

  • साझा परिवेश
  • आइतवार, अशोज ७, २०८० ११:३५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट

छुटाउनुभयो कि?