sweet bonanza
June 21, 2026 | आइतवार, असार ८, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

नेपालीलाई आफ्नो देशमै फर्काउन सरकारले स्पष्ट रोडम्याप बनाउनुपर्छ : विनोद चौधरी

  • साझा परिवेश
  • आइतवार, अशोज ७, २०८० १२:0९
नेपालीलाई आफ्नो देशमै फर्काउन सरकारले स्पष्ट रोडम्याप बनाउनुपर्छ : विनोद चौधरी
  • नयाँ पुस्तालाई समेट्न पार्टीले रणनीति पनि नयाँ बनाउनुपर्ने
  • पार्टीले आगामी १० वर्षको विकासको खाका सार्वजनिक गर्नुपर्ने
  • पुरानै ढर्राले पार्टी चल्दा नयाँ पुस्तालाई कसरी समेट्न सकिन्छ ?

काठमाडौं ।।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं उद्योगपति विनोद चौधरीले नयाँ पुस्तालाई समेट्न पार्टीले रणनीति पनि नयाँ बनाउनुपर्ने बताएका छन् ।केन्द्रीय समितिको बैठकमा चौधरीले अबको निर्वाचनमा २० लाख युवा थपिने बताउँदै पुरानो ढर्राले उनीहरुलाई समेट्न नसकिने बताए ।

‘अबको निर्वाचनमा २० लाख युवा मतदाता थपिँदैछन् । सर्वाेच्च अदालतको निर्देशन अनुसार विदेशमा रहेका नेपालीलाई पनि समेट्दा यो संख्या झण्डै ५० लाख हुन्छ,’ बैठकमा चौधरीले भने, ‘नयाँ सोच बोकेका, नयाँ दृष्टिकोण बोकेका, नेपाललाई एउटा विकसित राष्ट हेर्न खोजेका नेपालीलाई समेट्ने कांग्रेसको रणनीति के हो ? पुरानो पार्टीलाई पुरानै ढर्रामा चलाउँदा ति ५० लाखको नेतृत्व गर्न सक्छ कि सक्दैन ?’

पार्टीले आगामी १० वर्षको विकासको खाका सार्वजनिक गर्नुपर्ने उनले बताए । विकासको खाका कस्तो हुने विषयमा पार्टीले आधिकारिक दस्तावेज केन्द्रीय समितिबाट पारित आफूलाई जानकारी नभएको चौधरीले बताए । ‘यो पार्टीले राजनीतिको कुरा मात्रै गर्छ कि विकासको पनि कुरा गर्छ ? देशबाहिर जान बाध्य भएका नेपालीलाई देशमै फर्काउने स्पष्ट रोडम्याप बनाउनुपर्छ,’ चौधरीले भने ।

केन्द्रीय समितिको अर्को बैठकमा छलफलको प्रमुख एजेण्डा अर्थतन्त्र हुनुपर्ने पार्टी नेतृत्वलाई सुझाव दिए । विकास निर्माण र उद्योगधन्दा ठप्प भएको उल्लेख गर्दै चौधरीले भने, ‘उद्यमीको मर्म हामीले बुझ्न नसक्ने र नेपाल बाहिर रहेका युवाहरुलाई पार्टीसँग जोड्न नसक्ने हो भने आगामी दिन झनै कठिन हुने देखिन्छ ।’ केहि गर्न खोज्ने, सक्षम अनुभवी व्यक्तिहरुलाई कन्फ्लिक्ट अफ इन्ट्रेष्टका नाममा पाखा लगाउने गरिएको भन्दै असन्तुष्टि व्यक्त गरे ।

  • साझा परिवेश
  • आइतवार, अशोज ७, २०८० १२:0९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid