May 20, 2024 | सोमवार, जेष्ठ ७, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? प्रधानमन्त्रीले आज बिश्वासको मत लिने कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ

विश्वविद्यालय स्थापनाका आवेदन माग

  • साझा परिवेश
  • मङ्लबार, अशोज ९, २०८० १५:२३
विश्वविद्यालय स्थापनाका आवेदन माग

उच्च शिक्षा ऐन २०७८ कार्यान्वयन गर्दै प्रदेश विश्वविद्यालय स्थापनाका लागि आवेदन माग
मापदण्ड पुगेका शैक्षिक संस्थाहरुबाट आवेदन पेस गर्न सूचना जारी
निजी जुनसुकै प्रकृतिका शैक्षिक संस्थाहरुले निवेदन दिन सक्ने

मकवानपुर ।।

वाग्मती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन २०७८ कार्यान्वयन गर्दै प्रदेश विश्वविद्यालय स्थापनाका लागि आवेदन माग गरेको छ ।प्रदेश सरकारको मातहत रहने गरी प्रदेश सरकारले विश्वविद्यालय स्थापनाका लागि आवेदन माग गरेको हो ।

सामाजिक विकास मन्त्रालयले सार्वजनिक विश्वविद्यालय, मानित विश्वविद्यालय र प्रतिष्ठान स्थापनाका लागि मापदण्ड पुगेका शैक्षिक संस्थाहरुबाट आवेदन पेस गर्न सूचना जारी गरिसकेको छ । मन्त्रालयका सचिव भीष्मकुमार भुसालका अनुसार ऐनको कार्यान्वयन गर्दै विश्वविद्यालयका लागि आवेदन माग भएको र सो विषयमा सार्वजनिक, निजी जुनसुकै प्रकृतिका शैक्षिक संस्थाहरुले निवेदन दिन सक्नेछन् ।

ऐन जारी भएको डेढ वर्षपछि सरकारले विश्वविद्यालय, मानित विश्वविद्यालय र प्रतिष्ठान स्थापना तथा सञ्चालनका लागि प्रक्रिया अगाडि बढाउँदै आवेदन माग गरेको हो ।सूचनाअनुसार प्रदेश उच्च शिक्षा परिषद्को सचिवालयले सूचना जारी भएको मितिले ३० दिनभित्रमा विश्वविद्यालय स्थापनाका लागि रु एक लाख राजस्वसहित आवेदन पेस गर्न आह्वान गरेको छ ।

सार्वजनिक विश्वविद्यालय, सामुदायिक विश्वविद्यालय, मानित विश्वविद्यालय र स्वायत्त प्रतिष्ठानले रु एक लाख निवेदन दस्तुर तथा स्वीकृति दस्तुर रु ५  लाख बुझाउनुपर्ने हुन्छ । उच्च शिक्षण संस्थाले निवेदन दस्तुरबापत रु ७५ हजार र स्वीकृत दस्तुरबापत रु ३ लाख बुझाउनुपर्ने व्यवस्था रहेको छ । यसअघि, प्रदेश सरकारले हेटौँडामा नै प्रादेशिक विश्वविद्यालय स्थापनाका लागि हेटौँडाको मकवानपुर बहुमुखी क्याम्पसलाई विश्वविद्यालय बनाउन पहल अघि बढाइसकेको छ ।

सोहीअनुसार प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले एक साताअघि क्याम्पस व्यवस्थापन समिति, प्रशासन, राजनीतिक दल र सरोकारवालासँगको छलफलमा क्यापसलाई विश्वविद्यालय बनाउने सहमति समेत बनेको थियो । उक्त सहमतिअनुसार मकवानपुर क्याम्पसलाई विश्वविद्यालय स्थापना गर्न क्यापसले आवेदन पेस गर्ने र मापदण्ड पुगेको खण्डमा सो क्याम्पस विश्व विद्यालय कायम हुनेछ ।

मुख्यमन्त्री जमकट्टेलले मकवानपुर बहुमुखी क्याम्पसलाई प्रदेशको केन्द्रीय विश्वविद्यालयका रुपमा स्थापना गरी शिक्षा क्षेत्रको विकासमा अग्रसर गराउने तयारी गरिएको बताए । उनले प्रदेशको विश्वविद्यालयमा प्राविधिक विषय अध्यापन गराइने योजना रहेको जानकारी दिए । रासस

  • साझा परिवेश
  • मङ्लबार, अशोज ९, २०८० १५:२३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।