May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज

हिंसा, शोषण र प्रकोपको सुरक्षामा सरकार संवेदनशील छ : प्रधानमन्त्री प्रचण्ड

  • साझा परिवेश
  • शुक्रबार, अशोज २६, २०८० १४:३४
हिंसा, शोषण र प्रकोपको सुरक्षामा सरकार संवेदनशील छ : प्रधानमन्त्री प्रचण्ड
  • हिंसा र शोषणको अन्त्य र प्रकोपमा जिउधनको सुरक्षामा सरकार संवेदनशील
  • सरकार संवेदनशील र गम्भीर रहेको दोहोर्‍याए
  • राष्ट्रसेवकलाई कानुनी रूपमै विशेष संरक्षण गर्ने प्रधानमन्त्री प्रचण्डको प्रतिवद्धता 

काठमाडौं ।।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै प्रकारका हिंसा र शोषणको अन्त्य र प्रकोपमा जिउधनको सुरक्षामा सरकार संवेदनशील रहेको बताएका छन् । शुक्रबार राष्ट्रिय सभामा अपाङ्गता भएका व्यक्तिको अधिकार कार्यान्वयनसम्बन्धी संकल्प प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । अपाङ्गता भएका व्यक्तिको अधिकारसँग सम्बन्धित रहेर संविधान र कानुनमा बिभिन्न व्यवस्थाहरु गरिएको उल्लेख गर्दै उनले कार्यान्वयनमा सरकार संवेदनशील र गम्भीर रहेको दोहोर्‍याएका छन् । यसका लागि छुट्टै प्रतिष्ठान वा आयोग गठन गर्न पनि सरकार सकारात्मक रहको उनले बताए ।

प्रधानमन्त्री पुष्पकमल प्रचण्डले खेलकुद लगायत सबै पूर्वाधार अपाङ्गमैत्री बनाइने सरकारको नीति रहेको बताए । ‘आगामी दिनमा हुने पारा ‌ओलाम्पिकमा सहभागी हुने खेलाडीहरूलाई तालिम र प्रशिक्षणको व्यवस्थालाई थप प्रभावकारी बनाउँदै लगिनेछ । साथै, उचित र पर्याप्त खेल सामग्रीहरूको व्यवस्थाका लागि अनुदान उपलब्ध गराउने कार्यक्रमलाई सरकारले उच्च प्राथमिकतामा राखेको पनि यस सम्मानित सदनलाई जानकारी गराउन चाहन्छु ।’ उनले प्राकृतिक प्रकोप, राहत, विपत, पुनस्र्थापना र पुनर्लाभका कार्यक्रममा अपांगता भएका व्यक्तिलाई सरकारले विशेष प्राथमिकतामा राखेको स्पष्ट बताए । अपाङ्गता भएका वा फरक क्षमता भएका राष्ट्रसेवकलाई कानुनी रूपमै विशेष संरक्षण गर्ने प्रधानमन्त्री प्रचण्डको प्रतिवद्धता छ ।

 

 

  • साझा परिवेश
  • शुक्रबार, अशोज २६, २०८० १४:३४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।