sweet bonanza
February 20, 2026 | शुक्रबार, फाल्गुन ९, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

विनोद चौधरीको भारतमा भएको कम्पनीमा आयकर टोलीको छापा

  • साझा परिवेश
  • बुधबार, अशोज १०, २०८० १0:४५
विनोद चौधरीको भारतमा भएको कम्पनीमा आयकर टोलीको छापा

ग्रीनटेक मेगा फुड पार्कका अन्य संस्थापकको कम्पनीमा पनि छापा

गुवाहाटीस्थित आयकर विभागले चौधरीको कम्पनीमाथि कारवाही

 

नयाँदिल्ली : नेपालका एकमात्र खर्बपति विनोद चौधरीको कम्पनी सीजी कर्प ग्लोबलको भारतको जयपुर कार्यालय, दौसा र सिकरलगायतका ५ स्थानमा मंगलबारदेखि आयकरले छापा मार्न सुरु गरेको छ । गुवाहाटीस्थित आयकर विभागले चौधरीको कम्पनीमाथि कारवाही गरेको हो।

आयकर विभागको अनुसन्धान शाखा गुवाहाटीका अधिकारीहरूले उक्त कार्यको नेतृत्व गरिरहेका छन्। जसलाई स्थानीय आयकर अधिकारीहरूले पनि सहयोग गरिरहेका छन्।

कम्पनीको जयपुरस्थित कार्यालय तख्तेशाही मार्गस्थित कान्स्टियन लेनमा रहेको छ। आयकरको टोलीले आज बिहानैदेखि अनुसन्धान गरिरहेको छ। विनोद चौधरीको कम्पनी सीजी कर्प ग्लोबल र समूहका अन्य कम्पनीले पर्याप्त आयकर नतिरेको सूचनाका आधारमा आयकर विभागले यो कारबाही सुरु गरेको भारतीय सञ्चार माध्यममा उल्लेख छ।

असम बाहेक कोलकाता, सिक्किम, राजस्थान र केही अन्य राज्यहरूमा पनि आयकरका छापाहरू भइरहेको छ। सीजी ग्रुप ग्लोबलको सहायक कम्पनी सीजी फूड इन्डिया प्राइभेट लिमिटेड राजस्थानको अजमेर जिल्लाको रुपनगढमा स्थापना भइरहेको ग्रीनटेक मेगा फूड पार्कको प्रमुख संस्थापक हो।

उपलब्ध कागजातको जाँचका आधारमा आयकर अधिकारीले ग्रीनटेक मेगा फुड पार्कका अन्य संस्थापकको कम्पनीमा पनि छापा मारेका छन् ।

  • साझा परिवेश
  • बुधबार, अशोज १०, २०८० १0:४५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid