April 12, 2025 | शनिबार, चैत्र ३०, २०८१
सुचनाहरु
हतियार सफा गर्ने क्रममा गोली लाग्दा एक सैनिक जवानको गयो ज्यान ज्येष्ठ नागरिकको भत्ता पाँच वर्षसम्म नबढाउन र   उमेर पनि फेरी ७० बर्षपछि बनाउन सिफारीस क्यान्सरका बिरामी दुर्गा प्रसाईंलाई उपचारको प्रबन्ध मिलाउन अदालतको आदेश  निकिता पौडेल आफै पुगेर सर्वोच्च अदालतमा  दायर गरिन् रिट   पुर्वराजालाइ संसदीय समितिमा बोलाएर स्पस्टिकरण सोध्न माग बुद्ध एयरको विमान मार्फत काठमाडौ ल्याइपुर्याइयो दुर्गा प्रसाईलाई दुर्गा प्रसाईं लाई आसाम प्रहरीले नेपालको सिमामा छोडेपछी पक्राउ गर्यो नेपाल प्रहरीले दुर्गा प्रसाईँले आत्मसमर्पण गरेको खुलासा काठमाडौं महानगरका मेयरदेखि कर्मचारी सबैले पाए तलब म्यासेजमा पठाइएका यस्ता लिङ्कहरु भुलेर पनि नखोल्नुहोस्  राजु पाण्डेलाई  कडा कारबाही गरि पदबाट हटाउनुपर्ने माग  दिपेन्द्रसिंह ऐरीले फेरि बनाए अर्को विश्व कीर्तिमान बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी 

बारामा दिनकै हत्या

  • साझा परिवेश
  • बुधबार, अशोज १०, २०८० ११:३४
बारामा दिनकै हत्या
  • नगरपालिकामा दुईदिन भित्रै दुईजनाको हत्या
  • अजितकुमार सिंहको गोली दागेर हत्या गरियो 
  • एक थान गोली र एक थान गोलीको खोका बरामद

जनकपुरधाम ।।

बाराको नेपाल भारत सीमा क्षेत्र पचरौता नगरपालिकामा दुईदिन भित्रै दुईजनाको हत्या भएको छ । मंगलबार साँझ भारतको मोतिहारी, दर्पा थाना-१ , सुक्लहिया गाँउका २२ वर्षीय अजितकुमार सिंहको गोली दागेर हत्या भएको छ । साँझ सवा ६ बजे दशगजा क्षेत्र पचरौता नगरपालिका ६ लक्ष्मिनिया नजिक सिंहलाई दुईवटा मोटरसाइकलमा आएका चारजना युवकको समूहले गोली प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

बाराका प्रहरी प्रवक्ता डिएसपी दवीराम न्यौपानेका अनुसार मृतक अजितकुमार सिंहसँगै भारतको मोतिहारी जिल्ला, दर्पा थाना-१ सुक्लहिया बस्ने २५ वर्षीय सुजित कुमार सिंह, २४ वर्षीय चञ्चल पाञ्डे, २२ वर्षीय मनिषकुमार सहनी र २० वर्षीय कामेश्वर सहनी दुईवटा अनटेस्ट मोटरसाइकलमा नेपाल प्रवेश गरेका थिए । घट्नास्थलबाट एक थान गोली र एक थान गोलीको खोका बरामद भएको छ ।

एउटै मोटरसाइकलमा पछाडि बसेका सुजितकुमार सिंहले अजितलाई पछाडिबाट गोली प्रहार गरी हत्या गरेर पुनः भारततर्फ भागेको प्रारम्भिक अनुसन्धानबाट बुझिएको प्रहरीले जनाएको छ । घट्नास्थलको प्रारम्भिक अनुसन्धान गरी शव पोष्टमार्टमको लागि नारायणी अस्पताल विरगञ्ज पठाइएको र अन्य अनुसन्धानको कार्य भइरहेको डिएसपी न्यौपानेले बताए ।

गत आइतबार राति मात्रै बाराको पचरौता नगरपालिका १ सीमा नजिकै धारिलो हतियार प्रहार गरी पूर्वसशस्त्र प्रहरी जवानको हत्या भएको थियो । पूर्वप्रहरी ३४ वर्षीय अमरेशकुमार सिंहको धारिलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा उनको शव फेला परेको थियो । त्यस घटनमा संलग्न हुन सक्ने आशंकामा चारजनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको डिएसपी न्यौपानले बताए ।

 

 

 

  • साझा परिवेश
  • बुधबार, अशोज १०, २०८० ११:३४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट