May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

दुबईमा अलपत्र परेका भद्रपुरका अजितको उद्वार

  • साझा परिवेश
  • बिहिबार, माघ १८, २०८० १0:५९
दुबईमा अलपत्र परेका भद्रपुरका अजितको उद्वार

वैदेशिक रोजगारको सिलसिलामा दुबई पुगेका झापाका एक युवाको झापा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माको पहलमा उद्धार गरी नेपाल ल्याइएको छ ।

झापा भद्रपुर नगरपालिका-१० चन्द्रगढीका अजित राजवंशी दुबईमा बिरामी भएर थला परे पछि काम गर्न नसक्ने अवस्थामा पुगेका थिए। अजित नेपाल आउन चाहन्थे तर नेपाल फर्किन सम्भव भएन । काम गर्न छोडे पछि पैसा पनि नभएर अलपत्र अवस्थामा पुगेका अजितलाई सांसद शर्माको पहलमा उद्धार गरिएको हो ।

दुबईमै रहेका भद्रपुरकै युवा प्रवीण चौहानले फेसबुकमा पोस्ट गरेर सांसद शर्मालाई लिङ्क पठाएपछि, अजितको उद्धारको प्रक्रिया सुरु भएको थियो । नेपाली काँग्रेसका महामन्त्री समेत रहेका सांसद शर्माले दुबई स्थित नेपाली जनसम्पर्क समितिका अध्यक्ष भवानीप्रसाद तिम्सिनालाई सम्पर्क गरेर अजितको जसरी भएपनी उद्धार गर्न आग्रह सहितको निर्देशन दिए पछि जनसम्पर्क समितिले तत्काल अजितको नेपाल फर्किने प्रक्रिया सुरु गरेको थियो ।

कम्पनीको असहयोग, कानुनी र व्यवहारिक जटिलताका कारण करिब एक महिना पछि अजित हिजो काठमाडौँ आई पुगे। उनलाई दुबईको एयरपोर्टबाट नेपाली जनसम्पर्क समिति युएइका अध्यक्ष तिम्सिनाले बिदाइ गगेका थिए भने काठमाडौँको एयरपोर्टमा सांसद शर्माका तर्फबाट नेपाली काँग्रेस झापा १ काठमाडौँ सम्पर्क समितिका सभापति प्रज्वल कोइराला सहित समितिका सदस्यहरूले स्वागत गरेका थिए । अजित आज माघ १८ गते अपराह्न झापा चन्द्रगढीस्थित घर आई पुग्ने बताइएको छ ।

  • साझा परिवेश
  • बिहिबार, माघ १८, २०८० १0:५९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।