May 19, 2024 | आइतवार, जेष्ठ ६, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे

२ लाखभन्दा बढि नगदसहित कावासोतीबाट ८ जुवाडे पक्राउ

  • साझा परिवेश
  • बिहिबार, अशोज ११, २०८० १२:३0
२ लाखभन्दा बढि नगदसहित कावासोतीबाट ८ जुवाडे पक्राउ

कावासोतीमा तास खेलिरहेका ८ जना नगद २ लाख २९ हजार सहित पक्राउ

 

नवलपुर । पूर्वी नवलपरासीको कावासोतीमा तास खेलिरहेका ८ जना नगद २ लाख २९ हजार सहित पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कावासोती २ मालपोत चोकमा गोविन्द न्यौपानेको घर तास खेलिरहेका ८ जनालाई गए राति पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कावासोती २ निवासी ४२ बर्षीय सुन्दर श्रेष्ठ, कावासोती ३ निवासी ३८ बर्षीय श्याम भट्टराई, कावासोती –११ निवासी ३९ बर्षीय ज्ञानेन्द्र महतो, कावासोती २ निवासी २८ बर्षीय नारायण उपाध्याय, कावासोती २ निवासी ३९ बर्षीय गोविन्द शर्मा न्यौपाने, कावासोती ३ निवासी ४८ बर्षीय दानबहादुर सिंजाली, कावासोती २ निवासी ४० बर्षीय खिम लामिछाने र कावासोती ३ निवासी ४२ बर्षीय फडेन्द्र भण्डारी रहेका छन् ।

उनीहरूको साथबाट प्रहरीले नगद २ लाख २९ हजार ७० रूपैयाँ, खेलिरहेको अवस्थाको तास २ सय ८८ पत्ता र बन्द रहेको ७ गड्ठी तास बरामद गरेको छ । उनीहरूलाई आवश्यक कारवाही अगाडि बढाईएको प्रहरीले जनाएको छ ।

  • साझा परिवेश
  • बिहिबार, अशोज ११, २०८० १२:३0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।