sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

अब इन्स्टाग्राममा मेसेज गर्न पनि नपाउने

  • साझा परिवेश
  • मङ्लबार, मंसिर २६, २०८० १५:२३
अब इन्स्टाग्राममा मेसेज गर्न पनि नपाउने
  • इन्स्टाग्राम प्रयोगकर्तालाई ठूलो झट्का दिने 
  • सर्भिस बन्द गर्नुपर्नाको कारण चाहीँ खुल्न बाँकी 
  • प्रयोगकर्ताले पूरानो च्याट हिस्ट्री भने हेर्न पाउने

काठमाडौं।।

मेटा कम्पनीले फेसबुक तथा इन्स्टाग्राम प्रयोगकर्तालाई ठूलो झट्का दिने तयारी गरेको छ । मेटाले आफ्ना सोसल मिडिया प्लाटफर्महरु इन्स्टाग्राम तथा फेसबुकमा क्रस मेसेजिङको सुविधा बन्द गर्दैछ । योसँगै अब इन्स्टाग्रामका प्रयोगकर्ताले फेसबुक मेसेन्जरमा तथा फेसबुकका प्रयोगकर्ताले इन्स्टाग्राममा डाइरेक्ट मेसेज गर्न सक्ने छैनन् । मेटाले यो सुविधा तीन वर्षअघिबाट उपलब्ध गराएको थियो । मेसेन्जर र इन्स्टाग्राममा क्रस मेसेजिङ सर्भिस बन्द गर्नुपर्नाको कारण चाहीँ मेटाले खुलाएको छैन ।

नाइन टू फाइभ गुगलको एक रिपोर्ट अनुसार इन्स्टाग्राम प्रयोगकर्ताहरुले क्रस मेसेजिङका विषयमा अलर्ट प्राप्त गरिरहेका छन् । उक्त अलर्ट अनुसार डिसेम्बरको मध्यसम्ममा यो सर्भिस बन्द हुनेछ । यद्यपि यो सर्भिस बन्द भैसकेपछि पनि प्रयोगकर्ताले पूरानो च्याट हिस्ट्री भने हेर्न पाउनेछन् ।

क्रस मेसेजिङ बन्द भएसँगै प्रयोगकर्ताले नयाँ च्याट गर्न सक्नेछैनन् तर आएको मेसेज भने हेर्न सक्नेछन् । इन्स्टाग्राम जस्तै फेसबुकमा पनि यस्तै खालको अपडेट हुनेछ । अर्थात् फेसबुक प्रयोगकर्ताले पनि इन्स्टागम प्रयोगकर्तालाई मेसेज गर्न सक्नेछैनन् । मेटाले गत अगष्टमा क्रस मेसेजिङलाई पनि डिफल्ट रुपमा एण्ड टू एण्ड एन्क्रिप्टेड गरिने निर्णय गरेको थियो । ह्वाट्सएपमा मेसेजमा भने यस्तो सुरक्षा पहिलेदेखि नै उपलब्ध थियो ।

 

  • साझा परिवेश
  • मङ्लबार, मंसिर २६, २०८० १५:२३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid