May 22, 2024 | बुधबार, जेष्ठ ९, २०८१
सुचनाहरु
कान्तिपुर मिडियाका अध्यक्ष सिरोहिया कार्यलयबाटै पक्राउ श्रममन्त्री अर्यालको सम्पत्ति : सुन १५० तोला, बैंकमा सवा २ करोड (विवरणसहित) गृहमन्त्री रवि लामिछानेको सम्पत्ति कति छ ? प्रधानमन्त्रीको सम्पति कति छ, हेर्नुहोस् ! कैलाश सिरोहिया भेट्न कांग्रेस नेताहरू काे-काे पुगे कान्तिपुर कम्प्लेक्स ? ‘पूजार सार्की’ मा पलको नयाँ लुक्स सार्बजनिक आफ्नो फाइल खोल्न सरकारलाई आरजुको चेतावनी कान्तिपुरका अध्यक्ष सिरोहियाविरूद्ध धनुषामा पक्राउ पूर्जी सुनचाँदीको मूल्य घट्यो उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगाना र मुसलमानको इजलासमा सहकारी ठगीसम्बन्धी संसदीय समितिको कार्यादेश टुंग्याउन कार्यदलको बैठक जारी कस्तो रहला आजको मौसम ? पशुपतिको भेटी चोर्ने ८ जना पक्राउ सूचना बेचेको अभियोगमा तत्काल गिरफ्तार गरि कानूनी कारबाही गरियोस् : भीम रावल प्रधानमन्त्रीको कांग्रेसलाई चेतावनी- संसद अवरोध गरेको घटनाको मुल्य चर्को पर्नेछ राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध संसदमा आज सभामुख देखिन- महामन्त्री शर्मा नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत बालेनले सार्बजनिक गरे गिरीबन्धु जस्तै हदबन्दी छुट र सट्टापट्टा माग्ने १०० भन्दा बढी कम्पनिको सूची प्रसंग : गृहमन्त्री रबि लामिछाने

श्याम प्रधानद्वारा अनुवादित “डा. राजेन्द्र प्रसादको आत्मकथा” लोकार्पित

  • साझा परिवेश
  • बिहिबार, अशोज ११, २०८० २0:१४
श्याम प्रधानद्वारा अनुवादित “डा. राजेन्द्र प्रसादको आत्मकथा” लोकार्पित

असोज ११, काठमाडौं ।

वाशु शशी स्मृति परिषद्ले आज डालो रेस्टुरेन्ट, अनामनगर, काठमाडौंमा अनुवाद एवं साहित्यकार तथा वासु शशी स्मृति परिषद्का काेषाध्यक्ष श्याम प्रधानद्वारा अनुवादित “डा. राजेन्द्र प्रसादको आत्मकथा” लोकार्पण गर्‍यो ।

संस्था अध्यक्ष एवं वरिष्ठ सर्जक गणेश रसिकको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभू घिमिरे, वरिष्ठ साहित्यकार डा. तुलसीप्रसाद भट्टराई, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीलगायतले सो कृतिको लोकार्पण गर्नु भयो ।

ओरियन्टल पब्लिकेसनले प्रकाशित गरेको सो कृति र अनुवादक श्याम प्रधानका बारे साहित्यकारहरु डा. विष्णुविभू घिमिरे, डा. तुलसीप्रसाद भट्टराई, राधेश्याम लेकाली, हरि गौतमलगायतले आआफ्नो मन्तव्य राख्नु भएको थियो भने डा. उषा ठाकुरको लिखित मन्तव्य वाचन गरिएको थियो ।

संस्थाका सचिव प्रद्युम्न जोशीले स्वागत मन्तव्य राख्नु भएको सो कार्यक्रममा अनुवाद श्याम प्रधानले आफ्नो विशेष मन्तव्य राख्नु भएको थियो ।

कवि एवं सन्चारकर्मी ठाकुर वेकबासेले संचालन गर्नु भएको सो कार्यक्रममा हिरण्यकुमारी पाठक, पवन आलोक, श्रीओम श्रेष्ठ “रोदन”, विमल भौकाजी, अनुपम रोशी, छविरमण सिलवाल, श्रीबाबु कार्की, तुलसीहरि कोइराला, जयदेव भट्टराई, मुरारि सिग्देल, सुदर्शन श्रेष्ठ, सुशीला देउजा, सुमन घिमिरे, ध्रुव मधिकर्मी, डा. उद्दव राई, तारा सुवेदी, मधु पठक, राजेश खनाल, सानुराजा अन्जान, ठुले राई, सरस्वती गौतम, रमा श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

अनुवादक श्याम प्रधानका यसअगि प्रेमचन्दका उत्कृष्ट कथा, हिनामिना, देवदास, वक्त के घोडेलगायतका कृतिहरु प्रकाशित गरिसक्नु भएको छ ।

  • साझा परिवेश
  • बिहिबार, अशोज ११, २०८० २0:१४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्