July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

अनमोल केसीको ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक

  • साझा परिवेश
  • बिहिबार, बैशाख ६, २०८१ १६:२६
अनमोल केसीको ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक

काठमाडौँ । अनमोल केसी अभिनीत फिल्म ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक भएको छ ।

बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक ट्रेलर मुख्य पात्रको प्रेम सम्बन्धको कथा वरपर घुम्छ । पहिलोपटक अनमोल र जसिताले यो फिल्ममा अनस्क्रिन रोमान्स गरेका हुन् ।

अनमोल केही समयको अन्तरालपछि यो फिल्ममा देखिन लागेका हुन् । फिल्ममा अनमोल र जसिताको अलवा समृद्धि अर्याल, रवि काफ्लेलगायत कलाकारको अभिनय छ । सुयोग गुरुङको निर्देशन रहेको फिल्म रोहित अधिकारी फिल्मसले ओएसआर डिजिटलसँग सहकार्य गरेर बनाएको हो । गणतन्त्र दिवसको अवसर पारेर अगामी जेठ १० गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने फिल्मका प्रस्तुतकर्ता रोहित अधिकारी हुन् ।

रोहित अधिकारीले निर्माण गरेको यो फिल्ममा अनमोललाई उनकै ‘फेभरेट’ जनराअनुसार प्रस्तुत गर्ने जमर्को गरिएको छ । निर्माता अधिकारीले फिल्मलाई गुणस्तरीय तुल्याउन कुनै कसर नराखिएको बताएका छन् । फिल्मको छायांकन काठमाडौं र पोखरामा गरिएको हो । निर्माताले छायांकनको समयदेखि नै पोस्टर र स्टिलसहितका फस्टलुक सार्वजनिक गर्दै आएका छन् । अनमोलको जन्मदिनमा सार्वजनिक पोस्टरमा टाइम ट्राभल दर्शाउने प्रयास गरिएको छ ।

निर्माता अधिकारीकै कथा रहेको फिल्मको निर्माता ओमप्रकाश अग्रवाल हुन् । फिल्मको सह–निर्मातामा मनोज वली र राम न्यौपाने रहेका छन् । नरेन्द्र मैनालीको छायांकन, रोमन बज्राचार्य, नरेन लिम्बु र अनमोल गुरुङको संगीत रहेको फिल्ममा अष्ट महर्जनको द्वन्द्व छ ।

‘गाजलु’ र ‘छ माया छपक्कै’ जस्ता सुपरहिट फिल्म निर्माण गरेका रोहितको ‘फर्की फर्की’ काठमाडौँमा काफिया फिल्मस् र मोफसलमा कुबेर फिल्मस्ले वितरण गर्नेछ । फिल्मको अन्तर्राष्ट्रिय वितरकको रुपमा एमएसएम इन्टरटेन्मेन्ट जोडिएको छ ।

  • साझा परिवेश
  • बिहिबार, बैशाख ६, २०८१ १६:२६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्