May 12, 2024 | आइतवार, बैशाख ३०, २०८१
सुचनाहरु
सभामुखले बोलाएको बैठक निष्कर्षविहीन, कांग्रेसकाे अडान कायमै भारतीय सुपरस्टार अभिनेता अल्लु अर्जुन विवादमा ; अर्जुनविरुद्ध प्रहरीले दायर गर्यो मुद्धा सुरक्षण मुद्रणमा ४० करोड बढी भ्रष्टाचार, विकल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा क्यानडामा आगलागी : हजारौँ मानिस घर छाडेर भागे नेप्से सूचक ८ अंकले बढ्यो वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै कोशीका मुख्यमन्त्री कार्कीले सोमबार विश्वासको मत लिने विदेश पढ्नेले लगे ९ महिनामा झन्डै १ खर्ब राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता शेखर कोइराला र गगन थापाबीच भेटघाट मधेश प्रदेश सरकारबाट माओवादी केन्द्रले समर्थन फिर्ता लिने विश्वकपमा इतिहासकै कान्छा कप्तान, रोहितकुमार पौडेलले नयाँ कीर्तिमान थप्दै जसपा नेपालले आजै सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षका लागि छजनाको उम्मेदवारी गर्मीमा युरिक एसिड बढी भएका बिरामीले कुन फलफूल खाने ? राष्ट्रपतिका आर्थिक विज्ञ चिरञ्जिवी नेपालको राजिनामा स्वीकृत स्कुल बसमा आगजनी संसदीय छानबिन समिति गठनमा प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ : कांग्रेस नेता लेखक नीति तथा कार्यक्रमको तयारीबारे सभामुखले बोलाए दलका प्रमुख सचेतकहरूको बैठक बढ्यो सुनको मूल्य

चलचित्र ‘थत्थामा’को छायांकन सुरु, नायकमा डेव्यू गर्दै हाङ चेम्जोङ

  • साझा परिवेश
  • शनिबार, अशोज १३, २०८० १९:0४
चलचित्र ‘थत्थामा’को छायांकन सुरु, नायकमा डेव्यू गर्दै हाङ चेम्जोङ

नेपाली कथानक चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ गरिएको छ । शुक्रवार फालेलुङ गाउँपालिकास्थित सिदेनमा सुभमुहर्त गरि छायांकन सुरु गरिएको हो ।

पछिल्लो समय निर्देशनमा व्यस्त रहेका हाङ चेम्जोङले यसै चलचित्र मार्फत नायकको रुपमा डेव्यू गर्दै छन् । फालेलुङ गाउँपालिका वडा नं. ७ का अध्यक्ष टेकबहादुर केरुङ, फालेलुङ वाङ्मय प्रतिष्ठानका अध्यक्ष सुरेन शिशिर केरुङले क्ल्याब हानेर उद्घाटन गरेका थिए । पान्थरको फालेलुङ, काठमाडौ लगायत विभिन्न क्षेत्रमा छायांकन हुने थत्थामालाई भारतका पध्मश्री सम्मानित स्वर्गीय पदमसिङ PS मुरिङ्लाले लेखेका हुन । ४० बर्ष अगाडि लेखिएको उपन्यास थत्थामालाई चलचित्र निर्माण गर्न लागिएको बताइएको छ ।
आर.के. सिनेमा प्रा.लि.को ब्यानरमा निर्माण हुने चलचित्रलाई बिनोद सिरेङले निर्देशन गर्ने भएका छन । २०४२ सालदेखि नेपाली चलचित्रजगतमा कृयाशिल सेरेङ्ले उसले जन्माएको मृत्युु(२०४९), बगर(२०५९), अंगालो यो मायाको(२०६५), निशानी(२०६९) लगायत निर्देशन गरेका छन । थत्थामा निर्देशक सेरेङको पाँचौ चलचित्र हो । सेरेङकै पटकथा÷संवाद रहेको थत्थामामा छायांकन सुजन दाहाल, साहयक क्यामरा सम्भव सुवेदी, स्क्रीप्ट सुपरभाइजर तथा मुख्य सहायक निर्देशक दिपेस यक्सो, साहायक निर्देशक सुरेन्द्र सिङको रहने छ । सीता हुक्पा चोङ्बाङ निर्माता, भुषण दाहाल कार्यकारी निर्मातारहने चलचित्रमा शृङ्गार अमृता जबेगुको श्रृङगार, शब्द÷संगीत राज लिम्बू, स्वर मेलिना राई, राज लिम्बू, नृत्य निर्देशन रिमा थापा, भेषभुसा अल्का हुक्पा चोङ्बाङ, कला निर्देशन बिबेक बेघा, सहायक छयम चेम्जोङको रहनेछ ।

हाङ चेम्जोङसँगै बिमला खजुम, सागर केरुङ, फुङ्निमा योङ्हाङ, राम यक्सो, पुर्ण सेलिङ, नुनाम केरुङ, कर्ण सम्बाहाङ्फे, इन्दु तुम्सा सम्बाहाङ्फे, अल्का हुक्पा चोङ्बाङ, सीता हुक्पा चोङ्बाङ, नुमासा जबेगु, पदम दुखी सम्बाहाङ्फे, नरेन्द्र केरुङ र सुरेन्द्र केरुङ लगायतले अभिनय गर्ने भएका छन् ।

  • साझा परिवेश
  • शनिबार, अशोज १३, २०८० १९:0४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।