May 19, 2024 | आइतवार, जेष्ठ ६, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे

“रुपान्तरण” मुक्तक सङ्ग्रहको लोकार्पण

  • साझा परिवेश
  • शनिबार, अशोज १३, २०८० १९:0९
“रुपान्तरण” मुक्तक सङ्ग्रहको लोकार्पण

२०८० असोज १३, काठमाडौं ।
बाह्र सर्जकहरुको अभियान – “हामी र हाम्रो कृति” संस्थाले आज सामाजिक विकास समाज, अनामनगर, काठमाडौंमा आयोजना गरेको विशेष कार्यक्रममा साहित्यकार कर्ण दयाल “सोराडी” को ८ औं मुक्तककृति “रुपान्तरण”को लोकार्पण भयो ।

साहित्यिक पत्रकार संघका अध्यक्ष एवं अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्व केन्द्रीय अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा आयोजित सो कार्यक्रमका प्रमुख अतिथि समालोचक प्रा.डा. गोविन्दमान सिंह कार्की, अध्यक्ष लेकाली, साहित्यकारहरु युवराज नयाँघरे, पदमलाल विश्वकर्मा (संविधानसभा सदस्य), विजयध्वज थापा, माधव विडारी, प्राज्ञ पन्चकुमारी परियार, लेखक कर्ण दयाल “सोराडी”लगायतले कृतिको लोकार्पण गर्नु भयो ।

लोकार्पित कृतिमा २७० मुक्तक छन् । साहित्यकार नम्रता उप्रेतीले स्वागत गर्नु भएको सो कार्यक्रमको संचालन साहित्यकार भुवन सिवाकोटीले गर्नु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि कार्की, अध्यक्ष लेकाली, साहित्यकारहरु युवराज नयाँघरे, पदमलाल विश्वकर्मा, विजयध्वज थापा, माधव विडारी, प्राज्ञ पन्चकुमारी परियार, मदन नेपाल, दिपक पनेरु र लेखक कर्ण दयाल “सोराडी” लगायतले आआफ्नो मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा लोकार्पित कृतिबाट सर्जकहरु प्रकाश घायल, लव खड्का,सुभद्रा अधिकारी, विष्णु थापा, माया उपाध्याय, बद्री उप्रेती, उदास कार्की, नम्रता उप्रेती, नवराज पोखरेल र पुष्कर बिकले मुक्तकहरु वाचन गर्नु भएको थियो ।

लोकार्पित कृतिमा लेखकले देशको पीडा, राष्ट्रियता, विकृति – विसङ्गति, भेदभाव, स्वाभिमानका कुरा, सामाजिक व्यवहारका कुरा, स्वतन्त्रता र न्यायका कुरालाई सम्बोधन गर्नु भएको छ ।

बैतडीमा बसोवास गर्नुहुने लेखक कर्ण दयाल “सोराडी”का पाँच गजल कृति, एक कविता कृति र एक लघुकथा कृति (संयुक्त १२ जनाको १०८ ओटा लघुकथा) प्रकाशित रहेका छन् भने “सोराडी”ले नाटक, देउडा गीतहरु पनि लेख्दै आउनु भएको छ । लेकक “सोराडी”ले दुई दर्जन सम्मान र पुरस्कार पाइसक्नु भएको छ ।

कार्यक्रममा साहित्यकारहरु पवन आलोक, बद्री उप्रेती, डी. आर. राई, ईश्वर श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

  • साझा परिवेश
  • शनिबार, अशोज १३, २०८० १९:0९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।