sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

“रुपान्तरण” मुक्तक सङ्ग्रहको लोकार्पण

  • साझा परिवेश
  • शनिबार, अशोज १३, २०८० १९:0९
“रुपान्तरण” मुक्तक सङ्ग्रहको लोकार्पण

२०८० असोज १३, काठमाडौं ।
बाह्र सर्जकहरुको अभियान – “हामी र हाम्रो कृति” संस्थाले आज सामाजिक विकास समाज, अनामनगर, काठमाडौंमा आयोजना गरेको विशेष कार्यक्रममा साहित्यकार कर्ण दयाल “सोराडी” को ८ औं मुक्तककृति “रुपान्तरण”को लोकार्पण भयो ।

साहित्यिक पत्रकार संघका अध्यक्ष एवं अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्व केन्द्रीय अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा आयोजित सो कार्यक्रमका प्रमुख अतिथि समालोचक प्रा.डा. गोविन्दमान सिंह कार्की, अध्यक्ष लेकाली, साहित्यकारहरु युवराज नयाँघरे, पदमलाल विश्वकर्मा (संविधानसभा सदस्य), विजयध्वज थापा, माधव विडारी, प्राज्ञ पन्चकुमारी परियार, लेखक कर्ण दयाल “सोराडी”लगायतले कृतिको लोकार्पण गर्नु भयो ।

लोकार्पित कृतिमा २७० मुक्तक छन् । साहित्यकार नम्रता उप्रेतीले स्वागत गर्नु भएको सो कार्यक्रमको संचालन साहित्यकार भुवन सिवाकोटीले गर्नु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि कार्की, अध्यक्ष लेकाली, साहित्यकारहरु युवराज नयाँघरे, पदमलाल विश्वकर्मा, विजयध्वज थापा, माधव विडारी, प्राज्ञ पन्चकुमारी परियार, मदन नेपाल, दिपक पनेरु र लेखक कर्ण दयाल “सोराडी” लगायतले आआफ्नो मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा लोकार्पित कृतिबाट सर्जकहरु प्रकाश घायल, लव खड्का,सुभद्रा अधिकारी, विष्णु थापा, माया उपाध्याय, बद्री उप्रेती, उदास कार्की, नम्रता उप्रेती, नवराज पोखरेल र पुष्कर बिकले मुक्तकहरु वाचन गर्नु भएको थियो ।

लोकार्पित कृतिमा लेखकले देशको पीडा, राष्ट्रियता, विकृति – विसङ्गति, भेदभाव, स्वाभिमानका कुरा, सामाजिक व्यवहारका कुरा, स्वतन्त्रता र न्यायका कुरालाई सम्बोधन गर्नु भएको छ ।

बैतडीमा बसोवास गर्नुहुने लेखक कर्ण दयाल “सोराडी”का पाँच गजल कृति, एक कविता कृति र एक लघुकथा कृति (संयुक्त १२ जनाको १०८ ओटा लघुकथा) प्रकाशित रहेका छन् भने “सोराडी”ले नाटक, देउडा गीतहरु पनि लेख्दै आउनु भएको छ । लेकक “सोराडी”ले दुई दर्जन सम्मान र पुरस्कार पाइसक्नु भएको छ ।

कार्यक्रममा साहित्यकारहरु पवन आलोक, बद्री उप्रेती, डी. आर. राई, ईश्वर श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

  • साझा परिवेश
  • शनिबार, अशोज १३, २०८० १९:0९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid