April 12, 2025 | शनिबार, चैत्र ३०, २०८१
सुचनाहरु
हतियार सफा गर्ने क्रममा गोली लाग्दा एक सैनिक जवानको गयो ज्यान ज्येष्ठ नागरिकको भत्ता पाँच वर्षसम्म नबढाउन र   उमेर पनि फेरी ७० बर्षपछि बनाउन सिफारीस क्यान्सरका बिरामी दुर्गा प्रसाईंलाई उपचारको प्रबन्ध मिलाउन अदालतको आदेश  निकिता पौडेल आफै पुगेर सर्वोच्च अदालतमा  दायर गरिन् रिट   पुर्वराजालाइ संसदीय समितिमा बोलाएर स्पस्टिकरण सोध्न माग बुद्ध एयरको विमान मार्फत काठमाडौ ल्याइपुर्याइयो दुर्गा प्रसाईलाई दुर्गा प्रसाईं लाई आसाम प्रहरीले नेपालको सिमामा छोडेपछी पक्राउ गर्यो नेपाल प्रहरीले दुर्गा प्रसाईँले आत्मसमर्पण गरेको खुलासा काठमाडौं महानगरका मेयरदेखि कर्मचारी सबैले पाए तलब म्यासेजमा पठाइएका यस्ता लिङ्कहरु भुलेर पनि नखोल्नुहोस्  राजु पाण्डेलाई  कडा कारबाही गरि पदबाट हटाउनुपर्ने माग  दिपेन्द्रसिंह ऐरीले फेरि बनाए अर्को विश्व कीर्तिमान बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी 

भारतमा रहेको अफगानिस्तानको राजदुताबास बन्द

  • साझा परिवेश
  • आइतवार, अशोज १४, २०८० १५:५१
भारतमा रहेको अफगानिस्तानको राजदुताबास बन्द

एजेन्सी । अफ्गानिस्तानले भारतको राजधानी दिल्लीमा रहेको आफ्नो दुताबास आजदेखि बन्द गरेको छ ।

गएराती अबेर विज्ञप्ती जारी गर्दै अफ्गानिस्तानले स्थापनाको २२ वर्षपछि दुतावास बन्द गर्ने घोषणा गरेको हो । भारतमा कामकाज बन्द गर्ने यो फैसला दुर्भाग्यपूर्ण भएपनि अफ्गानिस्तानको हितमा रहेको दुतावासले जनाएको छ ।

साथै अफ्गानिस्तान र भारतबीच ऐतिहासिक सम्बन्धलाई मध्यनजर गर्दै सुझबुझका साथ यो निर्णमा पुगेको पनि विज्ञप्तिमा जनाइएको छ । भारत सरकारबाट समर्थन नपाउनु, अफ्गानिस्तानको रक्षासंग जोडिएको विषयको समर्थनमा खरो रुपमा उत्रिन नसक्नु र दुतावासका कर्मचारीको संख्या तथा संसाधन सुविधाको कमीका कारण दुतावास बन्द गर्नुपरेको विज्ञप्तिमा उल्लेख छ ।

अफ्गानिस्तानले यसअघि नै भारत सरकारलाई पत्र लेख्दै दुतावास बन्द गर्ने जानकारी गराईसकेको बीबीसिले जनाएको छ । यद्यपी भारतको मुम्बई र हैदराबादमा रहेको अफ्गानी बाणिज्य दुतावासको कामकाज भने जारी रहने बताईएको छ । यस विषयमा भारतीय विदेश मन्त्रालयको तर्फबाट भने कुनै आधिकारिक भनाई नआएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

  • साझा परिवेश
  • आइतवार, अशोज १४, २०८० १५:५१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट