May 16, 2024 | बिहिबार, जेष्ठ ३, २०८१
सुचनाहरु
४८ विश्व कवि मध्ये शिर्ष एघारमा पर्दै ओझाले जिते भानुसिंह साहित्य पुरस्कार सन्दीपलाई उच्च अदालत पाटनको सफाई, जिल्ला अदालतको फैसला उल्टियो ‘कांग्रेसले गिरीबन्धुको ७० बिगाहा जमिन बिक्री गर्न दियो’ : केपी ओली संसदको अवरोध हटाउन सत्ता गठबन्धनका शिर्ष नेताहरु छलफलमा एमाले संसदीय दलको बैठक जारी क्यानले तोक्यो ५ समितिका संयोजक र सदस्य प्रधानमन्त्रीले जेठ ६ गते प्रतिनिधि सभामा सांसदसँग प्रश्नोत्तर गर्ने बिहिबारदेखि काठमाडौंका यी क्षेत्रमा ६ घण्टा विद्युत अवरुद्ध हुने उपेन्द्र यादवले दायर गरेको रिट न्यायाधीश विनोद शर्माको इजलासमा निर्वाचन भएको दुई वर्षपछि पुनः मतगणना गर्न उच्च अदालत पोखराको आदेश सुनको मूल्य बढ्यो उपेन्द्र यादवले दायर गरेको रिट न्यायाधीश विनोद शर्माको इजलासमा सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै कस्तो छ आजको मौसम ? विनवार्ड्सविरूद्धको पहिलो अभ्यासमा नेपाल ४ विकेटले विजयी सदको अवरोध हटाउनेबारे प्रधानमन्त्री र सभामुखबीच छलफल नीति तथा कार्यक्रमः बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने सर्वोच्च अदालतमा अब अनलाइनबाटै रिट दर्ता गर्न सकिने नेप्से २८.६२ अंकले बढ्यो कोशी प्रदेश सांसद निर्मला लिम्बू अशोक राई नेतृत्वकाे जसपामा

सांसदहरु आफ्नो काम र मुलुकको समस्याप्रति जिम्मेवार नभएको कानुनमन्त्री गुरुङको गुनासो

  • साझा परिवेश
  • सोमवार, अशोज १५, २०८० १४:१४
सांसदहरु आफ्नो काम र मुलुकको समस्याप्रति जिम्मेवार नभएको कानुनमन्त्री गुरुङको गुनासो
  • दशैंअघि नै संसदबाट यो विधेयक पारित गर्नुपर्ने बाध्यता 
  • उपसमितिको म्याद थप गर्ने विषयमा सोमबार समितिको बैठकमा छलफल
  • सांसदहरुले समितिको म्याद १० दिन वा ७ दिन थप गर्ने धारणा राखे

काठमाडौं ।।

कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सम्पत्ति शुद्धीकरण (मनि लण्डरिङ) सम्बन्धी विधेयकमा संसदीय समितिले सहमति जुटाउन नसकेकामा असन्तुष्टि जनाएका छन् । उनले दशैंअघि नै संसदबाट यो विधेयक पारित गर्नुपर्ने बाध्यता रहेको भन्दै चाँडै काम सक्न आग्रह गरेका हुन् । उक्त विधेयक हाल कानुन, न्याय तथा मानव अधिकार समितिको उपसमितिमा छलफल भइरहेको छ । अझै सहमति नजुटेकाले उपसमितिको म्याद थप गर्ने विषयमा सोमबार समितिको बैठकमा छलफल भएको थियो ।

सांसदहरुले समितिको म्याद १० दिन वा ७ दिन थप गर्ने धारणा राखेका थिए । तर कानुनमन्त्री गुरुङले सांसदहरु आफ्नो काम र मुलुकको समस्याप्रति जिम्मेवार नभएको भन्दै असन्तुष्टि जनाएका हुन् । ‘जनताले तिमी त कानुन बनाउने मान्छे हो भनेर पठाएको हो नि, मेरो घरको काम पर्‍यो, के जाति पर्‍यो भने कुरालाई प्राथमिकतामा राखिदिनुभएन’ उनले भने । उपसमितिले पटक पटक विज्ञसँग छलफल गरिसकेको र आफू पनि पटक पटक उपस्थित भएर जवाफ दिइरहेको भन्दै मन्त्री गुरुङले अझै काम नसक्नु दु:खद् भएको बताए ।

‘मन्त्रीको काम नभएको जस्तो यहाँ आएर रुँगेर बस्नुपर्छ, महत्वपूर्ण बैठक चलिरहेको छ तर यहाँ रुगेर बस्नुपरेको छ’ उनले भने, ‘माननीय सदस्य गेटमा आइपुगेको छु भन्नुहुन्छ, तर बैठकमा आइपुग्नुहुन्न ।’ धेरै सांसद कानुन निर्माणको काम छाडेर जिल्लामा नै रहेको भन्दै उनले जिल्लामा नै घुम्नेले जिल्ला समन्वय समितिको संयोजक भनेको भए हुन्थ्यो भन्ने ब्यंग्यात्मक टिप्पणी पनि गरे ।

सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयक दशैंंअघि पारित नगरे मुलुक ग्रे लिस्टमा पर्ने जोखिम रहेको भन्दै मन्त्री गुरुङले यसको गम्भीरता बुझ्न आग्रह गरे । उनले उपसमितिको म्याद अब धेरै दिन थप गर्न नसकिने आशय पनि व्यक्त गरे । ‘भावनामा बगेर १० दिन ७ दिन नभनेर अधिवेशन स्थगित गर्ने सम्भावित डेट पनि हेरौं, त्यो बीचमा विधेयक संसदमा दर्ता गर्ने मात्र होइन, पारित नै गर्नुपर्छ’ उनले भने ।

  • साझा परिवेश
  • -