May 20, 2024 | सोमवार, जेष्ठ ७, २०८१
सुचनाहरु
प्रसंग : गृहमन्त्री रबि लामिछाने उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगानाकाे इजलासमा पेशी बानेश्वरमा कांग्रेसले बोलायो विपक्षी दलको बैठक इरानी राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन कस्तो रहला आजको मौसम ? प्रधानमन्त्रीले आज बिश्वासको मत लिने कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित्

झन्डै दश हजार जना किशाेरीले लगाए पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप

  • साझा परिवेश
  • मङ्लबार, अशोज १६, २०८० १0:0४
झन्डै दश हजार जना किशाेरीले लगाए पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप

काठमाण्डाै – पाठेघरको मुखकाे क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप ९ हजार ९ सय ९९ जना किशोरीले लगाएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको भदौ २७ गतेदेखि खोप अभियान सञ्चालन गरेको थियो । स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले लक्ष्यअनुसार नै किशोरीहरुले एचपीभी खोप लगाएका बताउनुभयो ।

अभियानको शुरुमा विभिन्न अवरोधका कारण खोप अभियान प्रभावकारी नभएपछि समय थप गरिएको थियो । सरकारले भदौ २७ गतेदेखि मधेस प्रदेशको वीरगञ्जमा रहेको नारायणी अस्पताल, बाग्मती प्रदेशको परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, गण्डकी प्रदेशको गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा खोप अभियान सञ्चालन गरेको थियो । साथै लुम्बिनी प्रदेशको भेरी अस्पताल बाँके, कर्णाली प्रदेशको प्रादेशिक अस्पताल र सुदूरपश्चिम प्रदेशको डडेलधुरा अस्पतालबाट पनि खोप अभियान सञ्चालन गरिएको थियो ।

अभियान अन्तर्गत १४ वर्ष उमेर पूरा भइ १५ वर्ष नकटेका किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सरबाट बचाउनका लागि एचपीभी खोप लगाइएको हो । खोपको दोस्रो मात्रा आउँदो माघमा सञ्चालन गरिने डा. गौतमले जानकारी दिनुभयो ।

नेपाल सरकारले चीन सरकारसँग महिलाको पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको २० हजार डोज खोप खरिद गरेको थियो । यो खोप दुई मात्रा लगाएपछि पाठेघरको मुखमा हुने क्यान्सरको सङ्क्रमण ९५ प्रतिशत सुरक्षा प्रदान गर्ने दाबी गरिएको छ ।

  • साझा परिवेश
  • मङ्लबार, अशोज १६, २०८० १0:0४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।