May 9, 2024 | बिहिबार, बैशाख २७, २०८१
सुचनाहरु
संवैधानिक परिषद्ले गर्ने सबै निर्णयहरु सर्वसम्मतिले गर्ने व्यवस्था गर्नुपर्छ: गृहमन्त्री लामिछाने ट्रयाक्टर दुर्घटना हुँदा विद्यार्थीको मृत्यु अमेरिका पठाइदिन्छु भन्दै एक करोड बढी ठगी, एक पक्राउ कोशीको प्रदेश सभा बैठक बोलाउन प्रदेश प्रमुखलाई भृकुटीमण्डपको खुला बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन धेरै कर्मचारीले एकै पटक बिदा लिएपछि एयर इन्डियाका ८० भन्दा बढी उडान रद्द ‘निर्वाचन आयोगविरुद्ध अदालत जान्छु’ : जसपा अध्यक्ष यादव म प्रधानमन्त्री भएपछि अर्थतन्त्रमा सुधार भएको छ: प्रधानमन्त्री प्रचण्ड गम्भीर तथा घातक रोगका बिरामीबाहेक सबै शिक्षकका काज फिर्ता गर्ने सांसद सुहाङ नेम्वाङले लिए शपथ आज कति छ त् सुनको मुल्य ? देउवाले बोलाए शीर्ष नेताको बैठक झापाको बिर्तामोडमा एक वृद्धा घरभित्रै मृत फेला सलोन बस्नेतलाई पुत्री लाभ सुहाङले आज सांसदको ग्रहण गर्दै कस्तो रहला आजको मौसम ? कुन कुन ठाउमा पर्ला पानी ? आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने पर्वको रुपमा मनाइँदै गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतको विरुद्ध सर्वोच्चमा रिट संसदमा बोल्न पाउँ भन्दै रवि लामिछानेले दिए निवेदन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन सकियो, कांग्रेसले छोडेन अडान

नेपालगञ्जमा अनिश्चितकालीन कर्फ्यु आदेश

  • साझा परिवेश
  • मङ्लबार, अशोज १६, २०८० १३:२४
नेपालगञ्जमा अनिश्चितकालीन कर्फ्यु आदेश

नेपालगञ्ज उप–महानगर क्षेत्रभित्र अनिश्चितकालीन कर्फ्यु आदेश जारी

 

काठमाडौं– बाँके जिल्ला प्रशासनले नेपालगञ्ज उप–महानगर क्षेत्रभित्र अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। विगत केही दिनदेखि नेपालगञ्जमा हिन्दु र मुस्लिम समुदायबीच धार्मिक विवाद देखिँदै आएको थियो।

आज बिहान मात्रै प्रशासनले हिन्दु र मुस्लिम समुदायका अगुवालाई एकै ठाउँ राखेर सर्वपक्षीय बैठक बसालेको थियो केही घन्टाअघि नेपालगञ्जमा सद्भाव र्‍याली पनि निकालिएको थियो।

तर, सद्भाव र्‍याली, सर्वपक्षीय बैठक बसालिए पनि विवाद साम्य हुन नदेखिएपछि प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले मंगलबार दिउँसो १ बजेदेखि लागू हुने गरी कर्फ्यु आदेश जारी गरेको बताइएको छ।

सामाजिक र धार्मिक सदभाव भड्किने संकेत देखिएपछि नेपालगञ्ज उपमहानगरमा स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ। हिन्दु र मुस्लिम समुदायबीच तनाव सिर्जना हुने संकेत देखिएपछि नेपालगञ्ज उपमहानगर क्षेत्रमा कर्फ्यु जारी गरिएको हो।

आज हिन्दु समूहले नेपालगञ्जमा प्रदर्शन गर्ने तयारी भइरहँदा झडप हुन सक्ने र सद्भाव बिग्रिने संकेत देखिएपछि कर्फ्यु जारी गरिएको हो।

  • साझा परिवेश
  • मङ्लबार, अशोज १६, २०८० १३:२४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट