sweet bonanza
May 8, 2026 | शुक्रबार, बैशाख २६, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

नेपालीले पनि रोमानियाका नागरिकसरह अधिकार पाउने

  • साझा परिवेश
  • शुक्रबार, अशोज १९, २०८० १६:२९
नेपालीले पनि रोमानियाका नागरिकसरह अधिकार पाउने
  • सुरक्षाका क्षेत्रमा सहयोगसम्बन्धी समझदारीपत्र (एमओयू) मा हस्ताक्षर
  • दुई देशका उच्चस्तरीय प्रतिनिधिमण्डलबीचको द्विपक्षीय बैठक
  • आप्रवासनप्रति नेपालको प्रतिबद्धता, तालिमलगायतका विषयमा विचार आदान प्रदान
  • रोमानियाका नागरिकसरह समान अधिकार पाउने नेपाली पक्षलाई आश्वासन

काठमाडौं ।।

नेपाल र रोमानियाबीच श्रम तथा सामाजिक सुरक्षाका क्षेत्रमा सहयोगसम्बन्धी समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ । शुक्रबार रोमानियाको श्रम तथा सामाजिक ऐक्यबद्धता मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच दुई देशका अधिकारीले एमओयूमा हस्ताक्षर गरेको जर्मनीस्थित नेपाली दूतावासले जनाएको छ । नेपालको तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र रोमानियाका श्रम तथा सामाजिक ऐक्यवद्धतामन्त्री सिमोना बुकुरा–ओप्रेस्कुले एमओयूमा हस्ताक्षर गरेका थिए । दुई देशका उच्चस्तरीय प्रतिनिधिमण्डलबीचको द्विपक्षीय बैठकपछि एमओयूमा हस्ताक्षर गरिएको थियो ।

बैठकमा दुई मन्त्रीले मुख्यतया नेपाल–रोमानिया द्विपक्षीय सम्बन्ध, श्रम आप्रवासन, आप्रवासनप्रति नेपालको प्रतिबद्धता, श्रमिक सुरक्षा, व्यावसायिक तालिमलगायतका विषयमा विचार आदान प्रदान गरेका थिए । बैठकमा मन्त्री भण्डारीले रोमानियासँग आपसी हितका सबै क्षेत्रमा सहकार्य गर्न इच्छुक रहेको बताएका थिए । रोमानियाकी मन्त्री बुकुरा–ओप्रेस्कुले कानुनी रूपमा काम गर्ने नेपाली कामदारले रोमानियाका नागरिकसरह समान अधिकार पाउने नेपाली पक्षलाई आश्वासन दिएकी थिइन् । रोमानियाली पक्षले विशेष गरी निर्माण, सेवा, आतिथ्य र कृषि क्षेत्रमा कामदारको आवश्यकताबारे नेपाली प्रतिनिधिमण्डललाई जानकारी गराएको थियो । हाल रोमानियामा १५ हजार ५९० नेपाली कामदार कार्यरत छन् । उक्त संख्या रोमानियामा गैरईयू देशका विदेशी नागरिकमध्ये दोस्रो ठूलो हो ।

 

 

  • साझा परिवेश
  • शुक्रबार, अशोज १९, २०८० १६:२९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid