May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ भाजपाको चुनावी अभियानमा अवलोकन गर्न नेपालबाट को को जादैछन् ? जोनसनको शतकमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको लक्ष्य नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै काठमाण्डौमा आजदेखि सीप मेला बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने आज सेयर बजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द

नेपालीले पनि रोमानियाका नागरिकसरह अधिकार पाउने

  • साझा परिवेश
  • शुक्रबार, अशोज १९, २०८० १६:२९
नेपालीले पनि रोमानियाका नागरिकसरह अधिकार पाउने
  • सुरक्षाका क्षेत्रमा सहयोगसम्बन्धी समझदारीपत्र (एमओयू) मा हस्ताक्षर
  • दुई देशका उच्चस्तरीय प्रतिनिधिमण्डलबीचको द्विपक्षीय बैठक
  • आप्रवासनप्रति नेपालको प्रतिबद्धता, तालिमलगायतका विषयमा विचार आदान प्रदान
  • रोमानियाका नागरिकसरह समान अधिकार पाउने नेपाली पक्षलाई आश्वासन

काठमाडौं ।।

नेपाल र रोमानियाबीच श्रम तथा सामाजिक सुरक्षाका क्षेत्रमा सहयोगसम्बन्धी समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ । शुक्रबार रोमानियाको श्रम तथा सामाजिक ऐक्यबद्धता मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच दुई देशका अधिकारीले एमओयूमा हस्ताक्षर गरेको जर्मनीस्थित नेपाली दूतावासले जनाएको छ । नेपालको तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र रोमानियाका श्रम तथा सामाजिक ऐक्यवद्धतामन्त्री सिमोना बुकुरा–ओप्रेस्कुले एमओयूमा हस्ताक्षर गरेका थिए । दुई देशका उच्चस्तरीय प्रतिनिधिमण्डलबीचको द्विपक्षीय बैठकपछि एमओयूमा हस्ताक्षर गरिएको थियो ।

बैठकमा दुई मन्त्रीले मुख्यतया नेपाल–रोमानिया द्विपक्षीय सम्बन्ध, श्रम आप्रवासन, आप्रवासनप्रति नेपालको प्रतिबद्धता, श्रमिक सुरक्षा, व्यावसायिक तालिमलगायतका विषयमा विचार आदान प्रदान गरेका थिए । बैठकमा मन्त्री भण्डारीले रोमानियासँग आपसी हितका सबै क्षेत्रमा सहकार्य गर्न इच्छुक रहेको बताएका थिए । रोमानियाकी मन्त्री बुकुरा–ओप्रेस्कुले कानुनी रूपमा काम गर्ने नेपाली कामदारले रोमानियाका नागरिकसरह समान अधिकार पाउने नेपाली पक्षलाई आश्वासन दिएकी थिइन् । रोमानियाली पक्षले विशेष गरी निर्माण, सेवा, आतिथ्य र कृषि क्षेत्रमा कामदारको आवश्यकताबारे नेपाली प्रतिनिधिमण्डललाई जानकारी गराएको थियो । हाल रोमानियामा १५ हजार ५९० नेपाली कामदार कार्यरत छन् । उक्त संख्या रोमानियामा गैरईयू देशका विदेशी नागरिकमध्ये दोस्रो ठूलो हो ।

 

 

  • साझा परिवेश
  • शुक्रबार, अशोज १९, २०८० १६:२९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।