May 19, 2024 | आइतवार, जेष्ठ ६, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे

इजरायलको द्वन्द्व प्रभावित क्षेत्रमा रहेका नेपाली उद्दारको पर्खाइमा, घाइते नौ मध्ये दुई जनाको अवस्था गम्भीर

  • साझा परिवेश
  • आइतवार, अशोज २१, २०८० 0८:४३
इजरायलको द्वन्द्व प्रभावित क्षेत्रमा रहेका नेपाली उद्दारको पर्खाइमा, घाइते नौ मध्ये दुई जनाको अवस्था गम्भीर

काठमाण्डौ – इजरायलको द्वन्द्व प्रभावित क्षेत्रमा रहेका नेपाली उद्दारको पर्खाइमा रहेका छन् । इजरायलमा हमास समूहको आक्रमणमा परेर नौ जना नेपाली घाइते भएका छन् । घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । सुदूरपश्चिम विश्वविद्यालयबाट बिएस्सी एग्रिकल्चर अध्ययन गरेर इजरायलमा लर्न एण्ड अर्न कार्यक्रम अन्तरगत ११ महिनाका लागि इन्टर्न गर्न इजरायल गएका थिए ।

सुदूरपश्चिम विश्वविद्यालयका ४९ जना गएको भदौ २७ गते इजरायल गएका हुन् । उनीहरु द्वन्द्व प्रभावित क्षेत्रमा छन् । उनीहरु रहेको क्षेत्र द्वन्द्वग्रस्त गाजा क्षेत्रबाट नजिकै छ । यो क्षेत्र हमास समूहको नियन्त्रणमा छ । परराष्ट्रले मन्त्रालयले इजरायलमा रहेको नेपाली दूतावास आक्रमण प्रभावित क्षेत्रमा रहेका नेपालीसँग निकट सम्पर्कमा रहेको र उनीहरुको सुरक्षा तथा उद्धारका साथै उपचारका लागि पनि इजरायली अधिकारीहरूसँग सम्पर्क र समन्वय गरिरहेको जनाएको छ ।

यस्तै, त्यहाँ रहेका सबै नेपालीलाई सतर्क रहन तथा सम्बद्ध अधिकारीले दिएका सुरक्षा उपायको अक्षरसःपालन गर्न मन्त्रालयले अनुरोध गरेको छ । परराष्ट्र मन्त्रालयले इजरायलमा रहेको नेपाली दूतावासको टेलीफोन नम्बर ९७२९००३५१६८०८५, तथा राजदूत कान्ता रिजालको नम्बर ९७२५४५८६४४२३, प्रथम सचिव अर्जुन घिमिरेको ९७२५२८२८९३०० र इमेल [email protected] मा सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।

सरकारले इजरायलमा भएको आक्रमणको भत्सर्ना गर्दै इजरायल सरकारप्रति ऐक्यबद्धता जनाएको छ । हमास समूहको आक्रमणमा परी इजरायलका २ सय ५० जना भन्दा धेरैको ज्यान गएको छ ।

  • साझा परिवेश
  • आइतवार, अशोज २१, २०८० 0८:४३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।