sweet bonanza
February 22, 2026 | आइतवार, फाल्गुन ११, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

देश युवाविहीन हुने खतरा बढ्दै, सरकारले जनताको पक्षमा काम गर्न सकेन : झलनाथ खनाल

  • साझा परिवेश
  • आइतवार, अशोज २१, २०८० १३:0५
देश युवाविहीन हुने खतरा बढ्दै, सरकारले जनताको पक्षमा काम गर्न सकेन : झलनाथ खनाल
  • जुनसुकै दलको सरकार बने पनि जनताको पक्षमा काम गर्न सक्दैनन्
  • दलाल तथा पुँजीवादीलाई मात्र संरक्षण गरेको खनालको आरोप
  • यही अवस्था रहे देश युवाविहीन हुने खतरा बढ्दै गएको औंल्याए

बुटवल ।।

पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले अहिलेको व्यवस्थामा जुनसुकै दलको सरकार बने पनि जनताको पक्षमा काम गर्न नसक्ने बताएका छन् । पार्टीले सञ्चालन गरेको मेची महाकाली अभियानका क्रममा आइतबार रुपन्देहीको भैरहवामा समाजवादी प्रेस संगठन रुपन्देहीले गरेको पत्रकार सम्मेलनमा नेता खनालले अहिलेको पुँजीवादी व्यवस्थामा तीन तहका सरकारले जनताले राहत अनुभूति गर्ने खालका काम गर्न नसकेको बताए ।

पुँजीवादी व्यवस्थाले आम नागरिकलाई भन्दा बिचौलिया, दलाल तथा पुँजीवादीलाई मात्र संरक्षण गरेको खनालको आरोप छ । व्यवस्था फेरिए पनि जनताको जीवनस्तर र अवस्था नफेरिएको बताउँदै अब यही पुँजीवादी व्यवस्थामै रहने कि समाजवादी व्यवस्थामा जाने भन्ने विषयमा व्यापक बहस चलाउनुपर्ने नेता खनालले बताए । ‘पुँजीवादी शासन व्यवस्थाका कारण मुलुकले कोल्टे फेर्न सकेको छैन’, खनालले भने, ‘अब समाजवादी व्यवस्थासहितको नयाँ ध्रुवीकरण आवश्यकता रहेको छ ।’

समाजवादमा जानका लागि आवश्यक परे विचार मिल्ने कम्युनिस्टहरू एक हुनुपर्ने खनालले प्रष्ट पारे । मुलुकमा आर्थिक, सामाजिक र सांस्कृतिक संकट गहिरिँदै गएको उल्लेख गर्दै नेता खनालले यही अवस्था रहे देश युवाविहीन हुने खतरा बढ्दै गएको औंल्याए ।

 

 

  • साझा परिवेश
  • आइतवार, अशोज २१, २०८० १३:0५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid