काठमाडौं ।।
इजरायलको सेदोत नेगेभस्थित बंकरमा रहेका नेपाली विद्यार्थीलाई प्रधानमन्त्री प्रचण्ड र परराष्ट्रमन्त्री एनपी साउदले फोन गरेका छन् । बंकरमा रहेका दाङ नारायणपुरका विपिन सुवेदीले बताए अनुसार प्रचण्डले सुरक्षित बस्न आग्रह गरे । सरकारले सक्दो छिटो उद्धारका लागि सबै प्रयास गरिरहेको भन्दै उनले तयारी अवस्थामा बस्न पनि प्रधानमन्त्रीले भने ।
प्रधानमन्त्रीलाई उद्धृत गर्दै बिपिनले भने, ‘सक्दो छिटो उद्धारका लागि प्रयास भएको छ, धैर्य गर्दै सुरक्षित बस्नुहोस् भन्नुभयो ।’ विपिन र साथीहरुले प्रधानमन्त्रीलाई आफूहरुलाई यो बेला शीघ्र नेपाल फर्कने चाहना बाहेक अरु केही नचाहिएको भन्दै सरकारसमक्ष गुहार मागे ।