May 17, 2024 | शुक्रबार, जेष्ठ ४, २०८१
सुचनाहरु
प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह जनकपुर–जयनगर रेल ७२ घण्टा बन्द प्रधानमन्त्री दाहालले चौथो पटक सोमबार विश्वासको मत लिने काठमाडौं उपत्यकामा तापक्रम ३३ डिग्री सेल्सियस पुग्ने वैवाहिक बलात्कारको मुद्दा लागेका रवि ओड धरौटीमा रिहा फिनल्याण्डबाट प्राप्त हुने १३ मिलियन युरो अनुदान स्वीकार गर्ने सरकारको निर्णय न्यूनतम पारिश्रमिकको अध्यक्षमा खड्का, पौडेल र मिश्र सचिवमा बढुवा ओलीले गिरीबन्धु टी-स्टेटको जग्गा आफुले बेचेर कांग्रेसलाई भन्नुभएछ – कांग्रेस सभापति देउवा सुनसरीको भोक्राहा अवैध लागूऔषधसहित दुइ जना पक्राउ नेपालमा विद्युतीय सवारी साधनको प्रमोसन गर्नुपर्छ : कुलमान घिसिङ

बरामद ७० हजार किलो चिनी साल्ट ट्रेडिङले बेच्दै

  • साझा परिवेश
  • मङ्लबार, अशोज २३, २०८० १५:४२
बरामद ७० हजार किलो चिनी साल्ट ट्रेडिङले बेच्दै
  • लुकाएर राखेको अवस्थामा बरामद चिनी साल्ट ट्रेडिङबाट बिक्री सुरु
  • लेबल उल्लेख नभएको १४ सय बोरा चिनी फेला परेको थियो 
  • प्रतिकिलो १०१ रुपैयाँमा गह्वेश्वरी फर्मको १४ सय बोरा चिनी किनिएको

काठमाडौं ।।

३ असोजमा काठमाडौंको कुलेश्वरस्थित एक गोदाममा व्यापारीले लुकाएर राखेको अवस्थामा बरामद चिनी साल्ट ट्रेडिङबाट बिक्री सुरु भएको छ । लेबल उल्लेख नभएको १४ सय बोरा चिनी वाणिज्य विभाग र काठमाडौं जिल्ला प्रशासनको संयुक्त अनुगमनमा फेला परेको थियो ।व्यवसायी सन्तोष अग्रवाल (खेतान) को गुह्वेश्वरी ट्रेडिङमा फेला परेको उक्त चिनी गुणस्तर परीक्षणपछि वाणिज्य विभागले लेबल उल्लेख नभएको कसुरमा ३ लाख जरिवाना गरेको थियो ।

चिनीको अवैध भण्डारण गर्ने फर्मलाई वाणिज्य विभागले कमजोर कारबाही गरेर उन्मुक्ति दिएको भन्दै आलोचना भइरहेको बेला उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उक्त चिनी सहुलित पसलमा बिक्री गर्ने निर्णय गरेको थियो । मन्त्रालयको निर्देशनपछि व्यवसायीबाट खरिद गरेर चिनी बिक्री सुरु गरेको साल्ट ट्रेडिङले जनाएको छ ।

साल्टका सूचना अधिकारी कुमारराज भण्डारीले प्रतिकिलो १०१ रुपैयाँमा गह्वेश्वरी फर्मको १४ सय बोरा चिनी किनिएको जनाएको छ । त्यो चिनीको बिक्री साल्टका सबै सहुलियत पसल र खाद्य व्यवस्था तथा व्यापार कम्पनीको थापाथली गोदामबाट बिक्री सुरु गरिसकेका छौं,’ राजभण्डारीले भने, ‘प्रतिकिलो ९७ रुपैयाँमा प्रतिपरिवार २ किलोका दरले चिनीको बिक्री भइरहेको छ ।’साल्टसँग रहेको करिब ३ सय टन चिनीसँगै यो चिनीको बिक्री काठमाडौं उपत्यकाका सबै बिक्री केन्द्रहरुबाट भइरहेको साल्ट ट्रेडिङले जनाएको छ ।

 

 

  • साझा परिवेश
  • मङ्लबार, अशोज २३, २०८० १५:४२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट