May 20, 2024 | सोमवार, जेष्ठ ७, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे

पूर्वी नाका चेकजाँचको लागि ‘पारु’ र ‘पिङ्कु’ लाई खटाइयो

  • साझा परिवेश
  • बुधबार, अशोज २४, २०८० १६:५७
पूर्वी नाका चेकजाँचको लागि ‘पारु’ र ‘पिङ्कु’ लाई खटाइयो
  • नाकाको सुरक्षा जाँचमा नेपाल प्रहरीले आजदेखि तालिम प्राप्त कुकुरको प्रयोग सुरु
  • दुई वटा तालिम प्राप्त कुकुर झिकाएर नाकाको चेकजाँच सुरु गरियो 
  • एउटाको नाम ‘पारु’ र अर्को कुकुरको नाम ‘पिङ्कु’ 

झापा ।।

पूर्वी नाकाको सुरक्षा जाँचमा नेपाल प्रहरीले आजदेखि तालिम प्राप्त कुकुरको प्रयोग सुरु गरेको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक दीपक भारतीले नेपाल प्रहरीको कोशी प्रदेश कार्यालयबाट दुई वटा तालिम प्राप्त कुकुर झिकाएर नाकाको चेकजाँच सुरु गरिएको बताए । उनका अनुसार धरानबाट ल्याइएका जर्मन सेफर्ड जातका ती कुकुरमध्ये एउटाको नाम ‘पारु’ रहेको छ । ‘पारु’ले विष्फोटक पदार्थ पत्ता लगाउन सहयोग गर्ने उनको भनाइ छ ।

अर्को कुकुरको नाम ‘पिङ्कु’ रहेको छ । जसले सीमापारबाट यात्रुले शरीर र सवारी साधनमा लुकाएर ल्याएको लागुऔषध पत्ता लगाउन सहयोग गर्नेछ । ती कुकुर परिचालन गर्न नेपाल प्रहरीको कोशी प्रदेश कार्यालयबाट दुई जना प्रहरी खटिएका छन् । भारतको पश्चिम बङ्गाल, सिक्किम, आसाम, मेघालय, अरुणाचल, नागाल्याण्डलगायतका प्रान्तमा आवतजावत गर्नका लागि काँकडभिट्टा मुख्य नाका हो ।

स्थलमार्गबाट भुटान, बङ्गलादेश र म्यान्मार जाने पर्यटकले समेत यही नाका प्रयोग गर्दछन् । प्रहरीले मेची पुल नजिक चेकजाँचमा दुवै कुकुर प्रयोग गरेपछि नाकाको सुरक्षा जाँच थप कसिलो र व्यवस्थित हुने अपेक्षा गरिएको प्रनाउ भारतीले बताए । ‘चाडपर्वका बेला नाकामा भीड बढ्ने, यहीबेला लागुऔषध र पटाका लगायतका विष्फोटक पदार्थ लुकाइछिपाइ भित्र्याउने कार्य बढ्ने भएकाले चेकजाँचमा तालिम प्राप्त कुकुरको प्रयोग गरेका हौँ’, उनले भने, ‘लागुऔषध ओसारपसारको गतिविधि नियन्त्रणमा प्रहरीले ध्यान केन्द्रित गरे पनि भारतबाट ल्याउने कार्य रोकिएको छैन ।’

पूर्वी नाका काँकडभिट्टामा सुरक्षा जाँचलाई आधुनिक र प्रविधिमैत्री बनाउँदै लैजाने प्रहरीको योजना रहेको उनले बताए । दुई महिना अघिदेखि काँकडभिट्टाको पुरानो भन्सार क्षेत्रमा सवारीसाधन, नम्बर प्लेट, यात्रुको अनुहार र गतिमानसमेत रेकर्ड गर्नसक्ने राडार गनसहितको सीसी क्यामरा जडान गरिएको उनले जानकारी दिए । उक्त सीसी क्यामेराले राजमार्गमा ओहोरदोहोर गर्ने सवारी साधनको नम्बर प्लेटको तस्बिर खिच्ने र अभिलेख राख्ने कार्य गर्दछ । सवारी साधनको गतिमान समेत रेकर्ड गर्ने भएकाले सवारीसम्बन्धी अपराध अनुसन्धान गर्न र राजमार्गको चेकजाँच गर्न उक्त प्रविधिले मद्दत पुर्‍याइरहेको प्रनाउ भारतीले बताए ।

 

  • साझा परिवेश
  • बुधबार, अशोज २४, २०८० १६:५७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।