May 15, 2024 | बुधबार, जेष्ठ २, २०८१
सुचनाहरु
नीति तथा कार्यक्रमः बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने सर्वोच्च अदालतमा अब अनलाइनबाटै रिट दर्ता गर्न सकिने नेप्से २८.६२ अंकले बढ्यो कोशी प्रदेश सांसद निर्मला लिम्बू अशोक राई नेतृत्वकाे जसपामा अमेरिका र क्यानडाकाे प्रलाेभन देखाएर ५ कराेड ठगी ; तीनजना पक्राउ टर्कीको राष्ट्रसंघ मिसन कार्यालयमा जागिर लगाउने प्रलोभनमा १२४ जनालाई ठगी ; एक प्रक्राउ २ अर्ब १ करोडको अवैध कारोबार, प्रहरीद्वारा सार्वजनिक कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा चार जनालाई पक्राउ करका दर हेरफेरमा मनोमानी गर्दिन: अर्थमन्त्री पुन सरकारले माग सम्बोधन नगरेको भन्दै राजधानीको सडकमा व्हिलचियर आन्दोलन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन, कांग्रेसकाे अडान कायमै भारतीय सुपरस्टार अभिनेता अल्लु अर्जुन विवादमा ; अर्जुनविरुद्ध प्रहरीले दायर गर्यो मुद्धा सुरक्षण मुद्रणमा ४० करोड बढी भ्रष्टाचार, विकल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा क्यानडामा आगलागी : हजारौँ मानिस घर छाडेर भागे नेप्से सूचक ८ अंकले बढ्यो वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै कोशीका मुख्यमन्त्री कार्कीले सोमबार विश्वासको मत लिने विदेश पढ्नेले लगे ९ महिनामा झन्डै १ खर्ब राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

अनधिकृत संरचना हटाउन सूचना

  • साझा परिवेश
  • बिहिबार, असार ७, २०८० १२:५0
अनधिकृत संरचना हटाउन सूचना

चितवन ।।

चितवनको भरतपुर महानगरपालिकाले नारायणी नदीको तटीय क्षेत्रमा अतिक्रमण गरेर बनेका अनाधिकृत संरचनाहरु हटाउन ३५ दिने सूचना जारी गरेको छ । महानगरले नदीको क्षेत्राधिकार र सार्वजनिक जग्गामा बनेका होटल तथा अन्य संरचनाहरु ३५ दिनभित्र आफैं हटाउन सूचना मार्फत निर्देशन दिएको छ ।

  • अनाधिकृत संरचनाहरु हटाउन सूचना
  • ३५ दिनभित्र आफैं हटाउन सूचना मार्फत निर्देशन
  • हानगरलाई संरचना हटाउन चुनौती

आजदेखि लागु हुने गरी ३५ दिन भित्रमा ति संरचना नहटाएमा महानगरपालिका आफैंले हटाउने सूचनामा उल्लेख गरिएको छ । भरतपुर महानगरपालिका वडा नं. १ देखि वडा नं. २८ सम्म करिब ३८ किलोमिटर लामो नदी किनारमा बनेका संरचनालाई हटाउन महानगरले भनेको छ ।

महानगरले नारायणी नदीको तटवन्ध र नारायणीको पुल माथिको भागलाई सी बीच मोडलमा पूर्वाधार निर्माण गरिरहेको छ । नदी तटीय क्षेत्रमा विभिन्न व्यावसायिक संघसंस्थादेखि विभिन्न सामाजिक संघ संस्थाहरुले भवन बनाएका छन् ।

सार्वजनिक जग्गामा विभिन्न समयमा पहुँचका भरमा बनेका यस्ता संरचना हटाउनुपर्ने चुनौती महानगरलाई छ ।

  • साझा परिवेश
  • बिहिबार, असार ७, २०८० १२:५0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट