May 18, 2024 | शनिबार, जेष्ठ ५, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे

कोरियनलाई नेपालमा लगानी गर्न अर्थमन्त्रीको आग्रह

  • साझा परिवेश
  • बिहिबार, अशोज २५, २०८० ११:0५
कोरियनलाई नेपालमा लगानी गर्न अर्थमन्त्रीको आग्रह
  • अर्थमन्त्रीले नेपालमा लगानी गर्न कोरियन कम्पनीलाई आग्रह गरे
  • कोरियन कम्पनीलाई पनि नेपालमा राम्रो अवसर भएको उनले उल्लेख गरे
  • कोरियन लगानीकर्तालाई नेपालमा स्वागत गर्न हामी इच्छुक छौँ

काठमाडौं ।।

अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा लगानी गर्न कोरियन कम्पनीलाई आग्रह गरेका छन् । कोरियाका उपप्रधान एवं अर्थमन्त्री चु क्युङसँगको दुईपक्षीय भेटवार्तामा अर्थमन्त्री महतले नेपालमा लगानी गरेका सबै विदेशी कम्पनीले राम्रो नाफा कमाइरहेको बताए । कोरियन कम्पनीलाई पनि नेपालमा राम्रो अवसर भएको उनले उल्लेख गरे ।

“नेपाल लगानी गरेका भारतीय बहुर्राष्ट्रिय कम्पनी डाबर, अमेरिकी बहुर्राष्ट्रिय कम्पनी कोकोकोला र पेप्सी, भारतीय कम्पनी आईटीसी इन्डिया मात्रै होइन, मलेसियन टेलिकम कम्पनीले पनि राम्रो नाफा कमाइरहेका छन्,” उनले कोरियन उपप्रधानमन्त्रीलाई भने, “हामीहरूले चालु आर्थिक वर्षको बजेटमार्फत निजी क्षेत्रको लगानीलाई थप सहजीकरण गर्ने प्रयास गरेका छौँ । आगामी दिनमा पनि निजी क्षेत्रलाई सुविधा दिने हाम्रो सोच छ । कोरियन लगानीकर्तालाई नेपालमा स्वागत गर्न हामी इच्छुक छौँ ।”

नेपाल सरकारले ‘इज अफ डुइङ बिजनेस’मा निरन्तर सुधार गरिरहेको भन्दै उनले कोरियन लगानीकर्तालाई झन्झट नहुने बताए । “भारत सरकारले नेपालबाट १० हजार मेगावाट बिजुली खरिद गर्ने निर्णय गरिसकेको छ,” महतले भने, “जलविद्युत् उत्पादन, प्रसारण र वितरणलाइन, डिजिटल क्षेत्र, कृषि, पर्यटनलगायत क्षेत्रमा नेपालमा राम्रो आम्दानी गर्न सक्ने अवसर छ ।”

नेपालमा लगानी गरेर लाभ लिन र आर्थिक वृद्धिमा पनि सहयोग गर्न आग्रह उनले कोरियाका उपप्रधानमन्त्रीलाई आग्रह गरे । “अहिले तपाईंहरू संघर्ष गरिरहेका देशलाई सहयोग गर्ने तहमा हुनुहुन्छ । हाम्रो देशमा पर्यटन विकासको ठूलो सम्भावना छ । तर, कमजोर सडक पूर्वाधारले समस्या भइरहेको छ,” मन्त्री महतले भने, “निजी क्षेत्रले दीर्घकालनमा लाभ दिने सडकजस्ता क्षेत्रमा लगानी गर्दैनन् । कोरियन सरकारलाई पूर्वाधार विकासमा सहुलियतपूर्ण कर्जा, अनुदान, क्षमता विकासमा सहयोग गर्न अनुरोध छ ।”

सो भेटमा कोरियन उपप्रधानमन्त्रीले नेपालको पूर्वाधार विकासमा सहयोग गर्न आफूहरू तयार रहेको बताए । कोरियन अर्थमन्त्री चु क्युङले ६० वर्षमा कोरिया प्रतिव्यक्ति आय ८० डलरबाट ३३ हजार डलर पुर्‍याउने अवस्थामा पुगेको बताए । निरन्तर प्रयास गर्दा आर्थिक वृद्धि सम्भव हुने उनले उल्लेख गरे । केही कोरियन लगानीमा दोहारो करसम्बन्धी समस्या रहेको भन्दै उनले त्यसको समाधान गर्न मन्त्री महतलाई आग्रह गरे । जवाफमा मन्त्री महतले दोहोरो करसम्बन्धी समस्या समाधान गर्न आफू तयार रहेको र कोरियन लगानीलाई संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले कोरियाका उपप्रधानमन्त्री महतलाई नेपाल भ्रमण गर्न निम्तिो समेत दिए । उपप्रधानमन्त्री चु क्युङले आफू नेपाल भ्रमण गर्न इच्छुक रहेको भन्दै यथाशक्य छिटो एजेन्डा तय गर्न आग्रह गरेको अर्थमन्त्री महतको सचिवालयले जानकारी गराएको छ । अर्थमन्त्री महतले १२ हजार नेपालीले काम गरिरहेको कोरियाको श्रम कानुन राम्रो भएको भन्दै प्रशंसा गरेका थिए । कोरियाका अर्थमन्त्रीले नेपाली जनताको जीवनस्तर सुधार गर्न आफूहरू सबै प्रकारका सहयोग गर्न प्रतिबद्ध रहेको बताए ।

कोरियन अर्थमन्त्रीले सन् २०३० मा कोरियाको बुसनले वर्ल्ड एक्सपो आयोजना गर्न खोजेको भन्दै सहयोग गर्न महतमार्फत नेपाललाई आग्रह गरे । इटालीको रोम, साउदी अरेबियाको रियाद र कोरियाले सन् २०३० को एक्सपो आयोजना गर्न प्रतिस्पर्धा गरिरहेका छन् । जवाफमा मन्त्री महतले एक्सपो आयोजना गर्न कोरिया सक्षम भएको भन्दै कोरियनको आवेदनलाई समर्थन गर्ने विषयमा सकारात्मक छलफल गर्ने बताए ।

अर्थमन्त्री डा. महतले नेपाल वायुसेवा निगमलाई कोरियामा सिधा उडान अनुमति दिन पनि माग गरे । कोरियन एयरलाइन्सले नेपालमा सिधा उडान गरिरहँदा नेपाल वायुसेवा निगमलाई पनि त्यस्तो अनुमति दिनुपर्नेमा उनले जोड दिए । यसबारेमा आफू सकारात्मक भएको चु क्युङले बताए । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) र विश्व बैंकको संयुक्त बैठकमा भाग लिन मोरक्कोको मराकेस पुगेका अर्थमन्त्री महतले चु क्युङसँग ‘साइडलाइन’मा वार्ता गरेको उनको सचिवालयले जनाएको छ ।

 

  • साझा परिवेश
  • बिहिबार, अशोज २५, २०८० ११:0५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।