sweet bonanza
February 21, 2026 | शनिबार, फाल्गुन १०, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सुदर्शनविरुद्ध पक्राउ पुर्जी जारी भएकोप्रति निर्देशक समाजको आपत्ति

  • साझा परिवेश
  • बिहिबार, अशोज २५, २०८० ११:५१
सुदर्शनविरुद्ध पक्राउ पुर्जी जारी भएकोप्रति निर्देशक समाजको आपत्ति

फिल्म ‘प्रसाद २’को विवादमा निर्देशक सुदर्शन थापाविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ । अहिले उनलाई प्रहरीले पक्राउ गर्न खोजी गरिरहेको छ । निर्माता सुदर्शन बस्नेत र ज्याक श्रेष्ठले आफूहरुको अनुमति बिना नै ‘प्रसाद २’लाई देश तथा विदेशमा प्रदर्शन गरेर एक करोड ५० लाख रुपैयाँ ठगी गरेको भन्दै जाहेरी दिएका थिए । त्यही आधारमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

यसैक्रममा, नेपाल चलचित्र निर्देशक समाजले बिना कारण र बिना प्रमाण निर्देशक थापाविरुद्ध पक्राउ पुर्जी जारी भएकोमा आपत्ति जनाएको छ । संघले बिहीबार विज्ञप्ति जारी गर्दै पारिश्रमिक लिएर ‘प्रसाद २’मा काम गरेको निर्देशकलाई फिल्म बिक्री वितरण गर्ने कुनै पनि अधिकार नहुने भएकाले बिना कारण सुदर्शन थापाविरुद्ध पक्राउ पुर्जी जारी हुनु आपत्तिजनक रहेको उल्लेख गरेको छ ।

‘निर्देशकले फिल्म बनाई निर्माताको आदेश बमोजिम प्रदर्शनका लागि सहयोग मात्र गर्ने हो । तसर्थ, उहाँलाई फिल्म बिक्री वितरण गर्ने कुनै पनि अधिकार हुँदैन । अतः यस्तो अवस्थामा प्रहरीले बिना कारण, बिना प्रमाण, एकतर्फी रुपमा चलचित्र बिक्री वितरणको आरोप लगाउँदै परेको उजुरीकै भरमा पक्राउ पुर्जी जारी गर्नु आपत्तिजनक छ,’ चलचित्र निर्देशक समाजको विज्ञप्तिमा उल्लेख छ ।

फिल्म क्षेत्रमा परेका समस्याहरु समाधान गर्न फिल्मसम्बद्ध संघ-संस्थाहरु आफैं सक्षम रहेकाले फिल्म क्षेत्रलाई असर पुग्ने गरि संघ संस्थाको बाटो छलेर प्रहरी प्रशासन र कानुन समक्ष पुग्ने र फिल्म क्षेत्रको छबिलाई धुलमुल्याने व्यक्ति तथा संस्थाहरुलाई अदालत र प्रहरी प्रशासनले सरोकारवाला संस्थामा गएर छलफल या मिलापत्र गर्ने वातावरण बनाइदिन समेत विज्ञप्तिमा आग्रह गरिएको छ ।

निर्देशक समाजका महासचिव अरुण कुमार प्रधानद्वारा जारी विज्ञप्तिमा ‘प्रसाद २’को विवादमा पक्राउ पुर्जी जारी भएका सम्पादक मिलन श्रेष्ठ र पक्राउ परेर छुटिसकेका ओएसआर डिजिटलका ओम अग्रवाल पनि निर्दोष देखिएको उल्लेख छ । उनीहरुले निर्माता सुवास थापासँग गरिएको सम्झौता बमोजिम नै काम गरेकाले उनीहरुको पनि निष्पक्ष छानबिनको लागि समाजले आग्रह गरेको छ ।

  • साझा परिवेश
  • बिहिबार, अशोज २५, २०८० ११:५१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid