May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ?

मुख्यमन्त्री थापाले नै मण्डललाई कृषि राज्यमन्त्रीमा नियुक्त गरे

  • साझा परिवेश
  • बुधबार, साउन ३१, २०८० ११:२७
मुख्यमन्त्री थापाले नै मण्डललाई कृषि राज्यमन्त्रीमा नियुक्त गरे
  • ज्येष्ठ सदस्य गयानन्द मण्डल राज्यमन्त्री नियुक्त भए
  • मुख्यमन्त्री उद्धव थापाले मण्डललाई गरे नियुक्त
  • बाध्यात्मक अवस्थालाई टार्न रणनीतिक रुपमा मण्डललाई राज्यमन्त्री बनाइयो

विराटनगर ।।

कोशी प्रदेश सभाका ज्येष्ठ सदस्य गयानन्द मण्डल राज्यमन्त्री नियुक्त भएका छन् । मुख्यमन्त्री उद्धव थापाले मण्डललाई आज कृषि राज्यमन्त्री नियुक्त गरेका हुन् ।

कोशी प्रदेश सभामुख विहीन छ । सत्तारुढ गठबन्धनले उपसभामुख सृजना दनुवारको राजीनामा आए मण्डलले प्रदेश सभा बैठक सञ्चालन गर्नुपर्ने बाध्यात्मक अवस्थालाई टार्नका रणनीतिक रुपमा मण्डललाई राज्यमन्त्री बनाएको हो । राज्यमन्त्री मण्डलले आजै पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।

साउन १६ गते मुख्यमन्त्री नियुक्त थापाले भदौं १३ गतेभित्र विश्वासको मत लिनुपर्ने बाध्यता छ । तत्कालीन सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर कठिन बहुमतसहित मुख्यमन्त्री नियुक्त भएका थापाले भदौ १ गतेबाट प्रदेश सभा बैठक बोलाएका छन् ।

उपसभामुखले राजीनामा दिएको अवस्थामा ज्येष्ठ सदस्य भएका कारण मण्डलले प्रदेश सभा बैठक सञ्चालन गर्नुपर्ने हुन्थ्यो । मण्डलले विश्वासको मत लिने बैठकको अध्यक्षता गरे मुख्यमन्त्री थापाले विश्वासको मत पाउन सक्दैन थिए ।

उपसभामुखले राजीनामा दिएको अवस्थामा प्रदेश सभा बैठकको अध्यक्षता एमालेकै ज्येष्ठ सदस्यलाई गराउने योजनासहित मण्डललाई गठबन्धनकाले राज्यमन्त्री नियुक्त गरेको हो ।

कांग्रेसका मण्डल ८० वर्षका हुन् । उनीपछि जेष्ठ सदस्य एमालेका ७२ वर्षीय रोहितबहादुर कार्की छन् । त्यसपछि पनि एमालेका सांसदहरू मालतीकुमारी लिम्बू, खड्गबहादुर बस्नेत र रामप्रसाद महतो ६८ वर्षका छन् । मण्डल सरकारमा गएका कारण ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गर्नुपर्ने अवस्था आए एमालेका सांसद कार्कीले गर्नेछन् ।

उपसभामुखको राजीनामा नदिई बिदामा बस्ने तयारी छ । बिदामा बसे उपसभामुखले अध्यक्ष मण्डलका सदस्यलाई बैठक सञ्चालनको जिम्मेवारी दिनसक्नेछिन् । तर गठबन्धन र प्रतिपक्षी दल दुवै दलबाट अध्यक्ष मण्डलको सदस्य बनेका सांसद जिम्मेवारी लिन तयार छैनन् ।

अध्यक्ष मण्डलमा राप्रपाबाट अम्बरबहादुर विष्ट, एमालेबाट मालती सुब्बा, कांग्रेसबाट इस्राइल मन्सरी र माओवादी केन्द्रबाट गीता तिम्सिना सदस्य छिन् । उपसभामुखले राजीनामा दिएको अवस्थामा भने अध्यक्ष मण्डल खारेज हुनेछ ।

९३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । प्रदेश सभामा मुख्यमन्त्रीको दल नेपाली कांग्रेसका २९ सांसद छन् । माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका एक सांसदको समर्थन थापालाई छ । विपक्षमा एमालेका ३९ ९उपसभामुख बाहेक० र राप्रपाका ६ सांसद छन् ।

 

 

  • साझा परिवेश
  • बुधबार, साउन ३१, २०८० ११:२७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट