April 25, 2024 | बिहिबार, बैशाख १३, २०८१
सुचनाहरु
गुल्मीका अग्नी पीडितलाई तत्कालै स्थायी आवास निर्माण ध्यान दिन नेता राजेन्द्र अर्यालको जोड नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा ३.२४ अंकले घट्यो नेप्से भक्तपुरको गाई फार्ममा आगलागी, १० वटा गाईको मृत्यु इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ चलचित्र ‘बोक्सीको घर’ भोलिबाट देशभर प्रदर्शन वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रेम सम्बन्धको विवादमा झडप, ७ सेल अश्रुग्यास प्रहार ऋषि धमलाले फिल्म ‘भाइरल गोर्खे’मा अभिनय गर्ने गृहमन्त्रीविरुद्ध लेख्ने युवकलाई यातना दिएको बारे ब्यूरोले दियो प्रष्टिकरण, ‘भिडियो र समाचारमा सत्यता छैन’ प्रचण्डविरुद्ध खनिए बाबुराम : अनर्गल झुट र जालझेलका प्रपन्च रचेर चरम अशोभनीय हर्कत गर्दैछन् ! निमित्त प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध मुद्धा दायर सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधार : विष्णु पौडेल वर्ल्ड ट्रायथलन अध्यक्ष काठमाडौंमा कतारलाई हात्ति उपहार दिन लागेकोबारे बालेनले उठाए प्रश्न थुनामा रहेका रायमाझीसहितले सर्वोच्चमा दिएको बन्दी प्रत्यक्षीकरण रिटमा आज पनि सुनुवाइ कतार पठाउने भनिएको हात्ती चितवन निकुञ्जमै, ट्रकमा राखिएको भिडियो झुटो तराईका विभिन्न जिल्लामा तापक्रम ४० डिग्रीभन्दा माथि नै दलीय आबद्धता भएका शिक्षकहरूलाई कारबाही गर्न मन्त्रालयले माग्यो निर्वाचन आयोगसँग दलका कार्यसमितिको विवरण

प्रधानमन्त्रीले भारतबाट राँगा ल्याउने सम्झौता यस्तो

  • साझा परिवेश
  • आइतवार, जेष्ठ २१, २०८० १५:१५
प्रधानमन्त्रीले भारतबाट राँगा ल्याउने सम्झौता यस्तो

काठमाडौं । भारत सरकारले उपहारस्वरुप दिन लागेका मुर्रा जातका राँगालाई कृत्रिम गर्भाधानका लागि पोखरा र लहानमा राखिने भएको छ । नेपाल ल्याएपश्चात् ती राँगालाई पशु सेवा विभागअन्तर्गत पोखरा र लहानमा रहेका भैँसी प्रजनन् केन्द्रमा राखिने पशु सेवा विभागका सूचना अधिकारी डा. चन्द्र ढकालले बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा भारतले नेपाललाई १५ वटा मुर्रा जातका राँगा दिने सम्झौता भएको छ । विभागका अनुसार नेपालमा मुर्रा जातका भैँसीहरु अहिले पनि पालिएका छन् । लामो समयदेखि एउटै प्रकारले प्रजनन् भइरहकेकाले नश्ल सुधारका लागि उन्नत जातका राँगा ल्याउन नेपालले लामो समयदेखि प्रयास गरिरहेको थियो ।

मुर्रा उन्नत २० राँगाको जातमध्येको एक हो र यसको सबैभन्दा उत्कृष्ट गन्तव्य दक्षिणी भारत हो । नेपालले भारतसँग २०७३ सालदेखि खरिद नै गरेर ल्याउने गरी मुर्रा राँगा माग गरिरहेको डा. ढकाल बताउँछन् । तर, भारतको रैथाने अनुवांशिक वस्तु अन्यत्र लैजान कडा नीति भएका कारण सात वर्षसम्म पनि यो प्रयास सफल नभएको उनको भनाइ छ । पोखरा र लहानमा रहेका प्रजनन् केन्द्रबाट मुर्राको वीर्य उत्पादन तथा वितरण गरी विभिन्न सरकारी कृषि फार्महरुमा पुर्याइनेछ ।

यसबाट नेपाली भैँसीहरुको नश्ल सुधार तथा दूधको उत्पादन पनि बढाउन सकिने विभागको अपेक्षा छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलका अनुसार १५ वटा मुर्रा राँगाको मूल्य झन्डै ४५ लाख रुपैयाँ हुन आउँछ । उनका अनुसार नेपालले कम्तिमा २० वटा राँगा खरिद गरेरै ल्याउने गरी दुई वर्षयता सोहीअनुसारको बजेटको अनुमान गरेको थियो । भारतले सबै व्यवस्था मिलाएपश्चात् पशु सेवा विभागबाट प्रतिनिधिहरु ती राँगाको स्वास्थ्य परीक्षणका लागि पुग्नेछन् ।

सीमानाकाको क्वारेन्टिनसम्म भारतीय प्रतिनिधिसहित पुर्याउन आउनेछन् । त्यसयता विभागका जनशक्तिले नै पोखरा र लहानसम्म ल्याउनेछन् । भारतको कृषि मन्त्रालयले आधिकारिक रुपमा आमन्त्रण गरेपछि तत्कालै राँगा लिन नेपाली प्रतिनिधिहरु पुग्ने प्रवक्ता सञ्जेलले बताए ।

मुर्रा जातका राँगा भित्र्याएपश्चात् नेपाली भैँसीको नश्ल सुधार तथा दूधको उत्पादकत्वमा पनि बढावा हुने विभागको अपेक्षा छ । मुर्रा जातका भैँसीले अन्य जातका भैँसीभन्दा बढी दूध दिने र १२ बेतसम्म पनि दूध दिइरहने भएकाले भारतको दिल्ली, हरियाना, पञ्जाबलगायतका क्षेत्रमा व्यावसायिक मुर्रा पाल्ने कृषकको संख्या ठूलो छ । यसले दैनिक १० देखि १६ लिटरसम्म र एक बेतमा २७० देखि ३०० दिनसम्म दूध दिने गरेको पाइन्छ, जुन सामान्य तथा स्थानीय जातका भैँसीभन्दा बढी हो । भारतमा यसको मूल्य ६० हजारदेखि एक लाख ३० हजार रुपैयाँ भारुसम्म पर्ने गरेको छ ।

मुर्रा भैँसी विशेषगरी दुई प्रकारका हुन्छन्, ग्रेडेड र शुद्ध मुर्रा । ग्रेडेड मुर्राको मूल्य ६० देखि ७० हजारसम्म पर्छ भने शुद्ध मुर्रालाई भारतका व्यावसायिक फार्महरुले ७० हजारमाथि एक लाख ३० हजार रुपैयाँसम्ममा बिक्री गर्ने गरेका छन् । त्यसमा पनि यदि मुर्राले पाडी (भैँसीको पोथीबच्चा) पाएको खण्डमा त्यसको मूल्य बढी हुन्छ । किनकि, पाडी ३६ देखि ४८ महिनामा दूध दिने भैँसीको रुपमा विकास हुन्छ । नेपालमा हाल वार्षिक रुपमा भैँसीको दूध करिब १६ लाख मेट्रिक टन उत्पादन हुँदै आएको विभागको तथ्यांक छ ।

  • साझा परिवेश
  • आइतवार, जेष्ठ २१, २०८० १५:१५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।