sweet bonanza
February 23, 2026 | सोमवार, फाल्गुन १२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

मलाई भाषण गर्न र झुट कुरा बोल्न आउँदैन जे बोल्छु मनदेखि बोल्छु : डा. शशांक कोइराला

  • साझा परिवेश
  • शुक्रबार, अशोज २६, २०८० १५:४८
मलाई भाषण गर्न र झुट कुरा बोल्न आउँदैन जे बोल्छु मनदेखि बोल्छु : डा. शशांक कोइराला
  • कांग्रेस एकजुट हुन सके जुनसुकै दलले पनि हराउन सक्दैन
  • पार्टी एकताको पक्षमा एकजुट हुनुपर्छ 
  • टिकट लिएर निर्वाचन लड्न जाँदा आफूले वडाको नाम रटेर गएको याद छ 

काठमाडौं ।।

नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले कांग्रेस एकजुट हुन सके जुनसुकै दलले पनि हराउन नसक्ने बताएका छन् । शुक्रबार राष्ट्रिय सभागृहमा भएको कार्यक्रममा बोल्दै उनले पार्टी एकताको पक्षमा एकजुट हुनुपर्ने बताए । उनले आफू दाबीका साथ भन्न सक्ने भन्दै एकजुट भए जति अरु दल मिलेपनि कांग्रेसलाई हराउन नसक्ने उल्लेख गरे । फरक प्रसंगमा उनले आफूलाई भाषण गर्न र झुट कुरा बोल्न नआउने बताए । पहिलोपटक टिकट लिएर निर्वाचन लड्न जाँदा आफूले वडाको नाम रटेर गएको प्रसंग कोट्याउँदै उनले आफूले जितेर आएको उल्लेख गरे ।

मलाई टिकट दिएको ठाउँको  नाम रटेर जानुपर्दथ्यो । म रटेर जान्थे । त्यहाँ पनि मैले जिते २३ जनाले जित्दा मैले  पनि जितें  । लगातार पाँच पटक जितें,” उनले भने, “न मलाई भाषण गर्न आउँछ न मैले चमात्कार गरेको छ । मैले हृदय छोएको छु । उनीहरूले मलाई त्यति माया गर्छन् ।” उनले आफूले बोल्ने कुरा हृदयबाट आउने स्पष्ट पारे । “म दिमागबाट भाषण गर्दिन हृदयको कुरा गर्छु । मलाई झुटो कुरा गर्न आउँदैन । झुट बोल्दा मूल्य पनि चुकाउनुपर्छ सत्य बोल्नुपर्छ,” उनले भने । आफूले पटक–पटक जितेर पनि चमात्कार गर्न नसकेको भन्दै उनले प्रयास पनि गरिरहेको उल्लेख गरे । “कांग्रेस एक जुट पारौँ । दीर्घकालीन योजना कस्तो बनाउने जनताको मन छुनेगरी कार्ययोजना बनाउने,” उनले भने, “मैले जितेर चमात्कार गरेको छैन । प्रयास गर्ने हो जीवन भनेको यही हो । फलको चिन्ता गर्नु हुँदैन । पैसा भनेको हातको मैलो हो ।”

  • साझा परिवेश
  • शुक्रबार, अशोज २६, २०८० १५:४८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid