May 22, 2024 | बुधबार, जेष्ठ ९, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? सन्दीपलाई विश्वकप खेलाउन भिसा प्रक्रिया अगाडि बढ्यो कान्तिपुर मिडियाका अध्यक्ष सिरोहिया कार्यलयबाटै पक्राउ श्रममन्त्री अर्यालको सम्पत्ति : सुन १५० तोला, बैंकमा सवा २ करोड (विवरणसहित) गृहमन्त्री रवि लामिछानेको सम्पत्ति कति छ ? प्रधानमन्त्रीको सम्पति कति छ, हेर्नुहोस् ! कैलाश सिरोहिया भेट्न कांग्रेस नेताहरू काे-काे पुगे कान्तिपुर कम्प्लेक्स ? ‘पूजार सार्की’ मा पलको नयाँ लुक्स सार्बजनिक आफ्नो फाइल खोल्न सरकारलाई आरजुको चेतावनी कान्तिपुरका अध्यक्ष सिरोहियाविरूद्ध धनुषामा पक्राउ पूर्जी सुनचाँदीको मूल्य घट्यो उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगाना र मुसलमानको इजलासमा सहकारी ठगीसम्बन्धी संसदीय समितिको कार्यादेश टुंग्याउन कार्यदलको बैठक जारी कस्तो रहला आजको मौसम ? पशुपतिको भेटी चोर्ने ८ जना पक्राउ सूचना बेचेको अभियोगमा तत्काल गिरफ्तार गरि कानूनी कारबाही गरियोस् : भीम रावल प्रधानमन्त्रीको कांग्रेसलाई चेतावनी- संसद अवरोध गरेको घटनाको मुल्य चर्को पर्नेछ राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध संसदमा आज सभामुख देखिन- महामन्त्री शर्मा नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत

इजरायललाई अमेरिकी राष्ट्रपतिको चेतावनी

  • साझा परिवेश
  • सोमवार, अशोज २९, २०८० १२:११
इजरायललाई अमेरिकी राष्ट्रपतिको चेतावनी
  • इजरायलले गाजा कब्जा गर्नु ठूलो गल्ती हुने
  • लडाकु समूह हमासलाई समाप्त गर्नुपर्ने टिप्पणी
  • नागरिकलाई बाहिर निकाल्न रफाह नाका खोलिने

काठमाडौं ।।

अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलले गाजा कब्जा गर्नु ठूलो गल्ती हुने चेतावनी दिएका छन् । एक अमेरिकी टेलिभिजन अन्तर्वार्तामा उनले गाजाका मानिसलाई त्यहाँबाट निस्कन र मानवीय सहायताका लागि करिडोर खोल्न दिनुपर्ने विषयलाई समर्थन गरेको बताए । बाइडेनले अक्टोबर ७ मा इजरायलमा हमला गर्ने प्यालेस्टाइनी लडाकु समूह हमासलाई समाप्त गर्नुपर्ने टिप्पणी पनि गरेका छन् । इजरायलले उत्तरी गाजाका ११ लाखभन्दा बढी मानिसलाई दक्षिणतर्फ जान भनेको छ । सीमानजिक सयौँको संख्यामा ट्यांक र सैनिक राख्दै इजरायल गाजा कब्जा गर्नेतर्फ अग्रसर देखिएको छ ।

जारी युद्धबीच बाइडेनले आउँदा दिनमा इजरायल भ्रमण गर्न सक्ने समाचार एजेन्सी एपीले जनाएको छ । प्यालेस्टाइनी नागरिकलाई विशेष गरी गाजामा संयुक्त राष्ट्रसंघ, इजिप्ट, जोर्डन, इजरायल र अरू क्षेत्रीय सरोकारवालासँगको समन्वयमा तत्काल आवश्यक मानवीय सहायता प्रदान गर्ने राष्ट्रपतिको प्रयास रहेको ह्वाइट हाउसले जनाएको छ ।

यसैबीच, इजिप्टतर्फको गाजाको सीमानाका मानवीय सहायता पठाउन खोल्ने अपेक्षा गरिएको छ । धेरै देशहरूबाट संकलित सयौँ मेट्रिकटन सहायता सामग्री इजिप्टको सिनाई प्रायद्वीपमा रोकिएको छ । सहायता सामग्री सुरक्षित रूपमा गाजामा पठाउन र त्यहाँ रहेका विदेशी नागरिकलाई बाहिर निकाल्न रफाह नाका खोलिने बताइएको छ ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले आइतबार इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसीसँगको भेटपछि यस्तो बताएका हुन् । राष्ट्रसंघ, इजिप्ट, इजरायल र अरू सरोकारवालाको समन्वयमा रफाह नाका खोल्ने तयारी भइरहेको उनले उल्लेख गरे । ब्लिन्केनले नाका कहिले खोलिन्छ भन्ने निश्चित समय भने तोकेका छैनन् । आइतबार अमेरिकाले वरिष्ठ कूटनीतिज्ञ डेभिड सेटरफिल्डलाई मध्यपूर्वका निम्ति मानवीय मामिला विशेष दूतका रूपमा नियुक्त गरेको छ । उनी सोमबार इजिप्ट आइपुग्ने र थप काम गर्ने बताइएको छ ।

 

  • साझा परिवेश
  • सोमवार, अशोज २९, २०८० १२:११

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्