May 19, 2024 | आइतवार, जेष्ठ ६, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे

विराटनगरमा युवतीमाथि सामूहिक बलात्कार

  • साझा परिवेश
  • सोमवार, अशोज २९, २०८० १३:३३
विराटनगरमा युवतीमाथि सामूहिक बलात्कार
  • युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा
  • विराटनगरबाट तीन यातायात मजदुर पक्राउ
  • “ट्रक पार्किङ गरेकै स्थानमा बलात्कार भएको प्रारम्भिक अनुसन्धान

विराटनगर ।।

युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा विराटनगरबाट तीन यातायात मजदुर पक्राउ परेका छन् । धनुषाको मिथिला बिहारी नगरपालिका–११ का ४३ वर्षीय टेकबहादुर तामाङ, सोही ठाउँका २० वर्षीय विनोद चौहान र सिन्धुलीका १६ वर्षीय बालकलाई पक्राउ गरिएको हो । ती युवतीले आफूमाथि सामूहिक बलात्कार भएको भन्ने किटानी जाहेरी दिएपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार तामाङ प्रदेश २–०४–००१ ख ००२१ नम्बरको ट्रकका चालक हुन् । चौहान सोही ट्रकका सहचालक हुन् । १६ वर्षे बालक पनि उनीहरूकै सहयोगी भएको बताइएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवं डीएसपी रन्जनकुमार दाहालका अनुसार उनीहरूले विराटनगर महानगरपालिका–३ मा २५ वर्षीया युवतीको बलात्कार गरेको आरोप छ ।

विराटनगर बसपार्कस्थित एक होटेलमा खाना पुगेका चालक, सहचालक र सहयोगीले युवतीलाई सिटी सफारीमार्फत ट्रक राखिएको स्थानमा पुर्‍याएका थिए । युवतीलाई ललाइफकाइ ट्रक पार्किङमा राखिएकै ठाउँमा लगेर पालैपालो बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

ती युवतीले होहल्ला गरेपछि स्थानीय र पैदलयात्रीले घटनाबारे थाहा पाएका थिए । स्थानीयको समूह घटनास्थलमा पुगेपछि उनीहरू तीनैजना ट्रकभित्र लुकेका थिए । आक्रोशित स्थानीयले ढुंगामुढा गरेका थिए । ढुंगामुढाबाट ट्रकका सिसा फुटेका छन् ।पक्राउ परेकाविरुद्ध जबर्जस्ती करणी मुद्दा चलाइने डीएसपी दाहालले बताए । दाहालले भने, “ट्रक पार्किङ गरेकै स्थानमा बलात्कार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।”

  • साझा परिवेश
  • सोमवार, अशोज २९, २०८० १३:३३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।