November 24, 2024 | आइतवार, मंसिर ९, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

जेलबाट बाहिर निस्किए सुन तस्करीका नाइके ‘गोरे’

  • साझा परिवेश
  • सोमवार, अशोज २९, २०८० १५:२४
जेलबाट बाहिर निस्किए सुन तस्करीका नाइके ‘गोरे’
  • चूडामणि उप्रेती ‘गोरे’लाई सुन्धारा कारागार प्रशासनले बाहिर निकाल्यो 
  • गोरेले आफूमाथि सुरक्षा खतरा नरहेको बताएपछि गोलघरबाट अर्को स्थानमा सारियो 
  • उनलाई कारागारको गोलघरभित्र राखिएको पाँच बर्ष भयो 
  • गोरे समूहले करिब ३८ क्विन्टल सुन तस्करी गरेको सरकारको निष्कर्ष

काठमाडौं ।।

गोलघरभित्र राखिएका चूडामणि उप्रेती ‘गोरे’लाई सुन्धारा कारागार प्रशासनले बाहिर निकालेको छ । गोरेले आफूमाथि सुरक्षा खतरा नरहेको बताएपछि गोलघरबाट अर्को स्थानमा सारिएको हो । गएको शुक्रबार उनलाई गोलघरबाट बाहिर निकालिएको कारागार स्रोतले जानकारी दियो । पाँच वर्षयता उनलाई कारागारको गोलघरभित्र राखिएको थियो । अब भने कारागारमै अरू कैदीसरह रहनेछन् ।

साढे ३३ किलो सुन तस्करी र मोरङको उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा जिल्ला अदालत मोरङले उनलाई दोषी ठहर गरेको थियो । वि.सं. २०७८ मा गोरेलाई १० वर्ष कैद सजायको फैसला सुनाइएको थियो । ०७४ माघमा तस्करीको साढे ३३ किलो सुन हराएपछि खोजी गर्ने क्रममा गोरेसहितको समूहले शाक्यको हत्या गरेको थियो । गोरे समूहले करिब ३८ क्विन्टल सुन तस्करी गरेको सरकारको निष्कर्ष छ ।

 

 

 

  • साझा परिवेश
  • सोमवार, अशोज २९, २०८० १५:२४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्