May 18, 2025 | आइतवार, जेष्ठ ६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

विमानस्थलका पसलहरुमा अनुगमन गर्दै

  • साझा परिवेश
  • बुधबार, कार्तिक १, २०८० १२:३२
विमानस्थलका पसलहरुमा अनुगमन गर्दै
  • पसलमा राखिएका वस्तुको मूल्य गुणस्तरको अनुगमन
  • मूल्य र गुणस्तर नियन्त्रण गर्नुपर्ने भन्दै पसलको अनुगमन बढाउन आग्रह 
  • एमआरपी भन्दा बढी मूल्यमा सामान बिक्रि गरेको खुलाशा 
  • एमआरपी वा प्राइस ट्याग नटासेको पाइयो 

काठमाडौं ।।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले विमानस्थल भित्र सञ्चालित पसलमा राखिएका वस्तुको मूल्य गुणस्तरको अनुगमन गर्न वाणिज्य विभागसमक्ष अनुरोध गरेको छ । बुधबार एक सूचना प्रकाशित गर्दै कार्यालयले उपभोक्ता र यात्रुको हितका लागि वस्तुको मूल्य र गुणस्तर नियन्त्रण गर्नुपर्ने भन्दै पसलको अनुगमन बढाउन विभागको ध्यानाकर्षण गराएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले गरेको अनुगमनका क्रममा उपभोक्ता संरक्षण ऐन प्रतिकुल हुने गरी कुनै पनि गतिविधि नगर्न पसलहरुलाई सचेत गराइएको र वस्तुको बजार मूल्य र गुणस्तरको अनुगमन गर्ने निकाय वाणिज्य विभाग भएकाले सो विभागमार्फत अनुगमन बढाउनु पर्ने विमानस्थल कार्यालयको भनाइ छ । मन्त्री किरातीले गरेको अनुगमनका क्रममा विमानस्थलको आन्तरिक तथा अन्तर्राष्ट्रिय टर्मिनल भवनमा रहेका पसलमा एमआरपी भन्दा बढी मूल्यमा सामान बिक्रि गरेको, एमआरपी वा प्राइस ट्याग नटासेको पाइएको थियो ।

 

  • साझा परिवेश
  • बुधबार, कार्तिक १, २०८० १२:३२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट