sweet bonanza
June 22, 2026 | सोमवार, असार ९, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

देउवा र कार्की दुवैको व्यक्तिगत निर्णय भयो : शशांक

  • साझा परिवेश
  • बिहिबार, कार्तिक २, २०८० १५:१२
देउवा र कार्की दुवैको व्यक्तिगत निर्णय भयो : शशांक
  • व्यक्तिगत निर्णय गरिएका कारण आफ्नो पार्टीभित्र विवाद
  • कांग्रेस सांसद मुख्यमन्त्री बन्ने विषय सकारात्मक
  • व्यक्तिगत निर्णयले पार्टीभित्र विवाद
  • कोसी प्रदेशमा केदार कार्कीले पनि व्यक्तिगत निर्णय गरे

काठमाडौं ।।

नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले कोसी प्रदेशका विषयमा व्यक्तिगत निर्णय गरिएका कारण आफ्नो पार्टीभित्र विवाद देखिएको बताएका छन् । कांग्रेस सांसद मुख्यमन्त्री बन्ने विषय सकारात्मक भए पनि व्यक्तिगत निर्णयले पार्टीभित्र विवाद देखिएको उनले उल्लेख गरे । “नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी हो । पार्टी लोकतान्त्रिक हुन पार्टीभित्रको लोकतन्त्र बलियो हुन आवश्यक छ । यसका लागि हरेक निर्णय पार्टीले संस्थागत रूपमा गर्ने अभ्यास गर्नुपर्छ,” डा. शशांकले भने, “कोसी प्रदेशका विषयमा केन्द्रमा सभापति शेरबहादुर देउवाले पनि व्यक्तिगत निर्णय गरे । कोसी प्रदेशमा केदार कार्कीले पनि व्यक्तिगत निर्णय गरे ।”

दुवै पक्षबाट व्यक्तिगत निर्णय गरिँदा पार्टी अराजकतातर्फ जाने चिन्ता बढेको उनले बताए । “केदार कार्की नेपाली कांग्रेसका प्रदेश सांसद हुन् । उनले सरकारको नेतृत्व गर्नु नेपाली कांग्रेसले नै गर्नु हो । यसमा विवाद गर्नुपर्ने कारण म देख्दिनँ,” उनले भने, “तर, निर्णय संस्थागत हुन सकेन । केन्द्रबाट सभापति शेरबहादुर देउवाले पार्टीसँग होइन, अरू नै पार्टीका नेतासँग बसेर माओवादीलाई नेतृत्व दिने निर्णय गर्नुभयो । कोसीमा केदार कार्कीले व्यक्तिगत निर्णय गरे । यसमा अब विवाद गर्नेभन्दा भएका गल्ती सच्याउने र भविष्यमा विवाद आउने निर्णय नगर्ने प्रतिबद्धता आवश्यक छ ।” कोसीमा कार्की नेतृत्वको सरकारलाई कांग्रेसले आफ्नै भनेर विश्वासको मत दिँदै त्यसको अपनत्व समेत लिइसकेको अवस्थामा नेताहरू विवादमा उत्रनुको औचित्य नभएको उनको भनाइ छ ।

 

 

  • साझा परिवेश
  • बिहिबार, कार्तिक २, २०८० १५:१२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid