May 20, 2024 | सोमवार, जेष्ठ ७, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे

धादिङ भूकम्प अपडेट : १२ घरमा क्षति, एक ठाउँमा ठूलो पहिरो

  • साझा परिवेश
  • आइतवार, कार्तिक ५, २०८० ११:३0
धादिङ भूकम्प अपडेट : १२ घरमा क्षति, एक ठाउँमा ठूलो पहिरो

काठमाण्डाै – धादिङमा भूकम्पका कारण भएको क्षतिको विवरण सङ्कलन भइरहेको छ ।

बिहान ७ बजेर ३९ मिनेट जाँदा धादिङको ज्वालामुखी गाउँपालिका–५ खरी दर्बुङघाट केन्द्रबिन्दु भएर ६ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको थियो । भूकम्पको केन्द्रबिन्दु र आसपासका क्षेत्रका केही घरमा क्षति पुगेको छ ।

ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यामनाथ दनैका अनुसार भूकम्पका कारण दुई वटा घरमा पूर्ण क्षति पुगेको छ भने १० वटा घरमा आंशिक क्षति भएको छ ।

‘अहिलेसम्म १२ वटा घरमा क्षति भएको विवरण आएको छ, थप क्षति भए/नभएको बारे हामी अनुगमन गर्दैछौँ’, उहाँले उज्यालोसँग भन्नुभयो ।

उहाँका अनुसार भूकम्पपछि वडा नम्बर ५ को एक ठाउँमा ठूलो पहिरोसमेत गएको छ । भूकम्प गएपछि बिहान त्यस क्षेत्रमा केहीबेर विद्युत् आपूर्ति बन्द भएको थियो । भूकम्प प्रभावित क्षेत्रका बासिन्दालाई घर बाहिरै सुरक्षित बस्न भनिएको हो ।

वरिष्ठ भूकम्पविद् डाक्टर लोकविजय अधिकारीले भूकम्पपछि लगातारजसो परकम्प आइरहेकाले सचेत हुन आग्रह गर्नुभएको छ । बिहान भूकम्प गएपछि धादिङका धेरै ठाउँका बासिन्दा घर बाहिर निस्किएका थिए ।

भूकम्पको धक्का काठमाण्डौ उपत्यका आसपासका क्षेत्रमा समेत महसुस भएको थियो । भूकम्प गएको क्षेत्र गोरखासँग सीमा जोडिएको क्षेत्र हो । यसअघि गएको असोज महिना बझाङ केन्द्रबिन्दु बनाएर पटक पटक भूकम्प गएको थियो ।

असोज १६ गते ६ दशमलव ३ रेक्टरस्केलको भूकम्प गएपछि बझाङमा पनि लगातारजसो साना र मध्यम भूकम्प तथा परकम्प गइरहेको छ । नेपाल भूकम्पको उच्च जोखिमयुक्त क्षेत्र रहेकाले जुनसुकै बेला पनि ठूलो भूकम्पको जोखिममा रहेको विज्ञले बताउँदै आएका छन् ।

  • साझा परिवेश
  • आइतवार, कार्तिक ५, २०८० ११:३0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।