June 5, 2023 | सोमवार, जेष्ठ २२, २०८०
सुचनाहरु
काँकरभिट्मा सशस्त्र प्रहरी र महिला व्यापारीबिच हात हालाहाल सर्वोच्चको आदेश : संशोधित नागरिकता ऐन तत्काल कार्यान्वयन नगर वार्षिक १० हजारलाई रोजगारी दिने बन्यो नीति पूर्वमहान्यायाधिवक्ताहरु अभियुक्तको प्रतिरक्षामा अवरोधपछि बैठक भोलिसम्म स्थगित मानव अधिकार आयोग : छुवाछूत गर्नेलाई कारबाही हुन्छ प्रधानमन्त्रीले भारतबाट राँगा ल्याउने सम्झौता यस्तो शरणार्थी प्रकरणको आदेश आउन समय लाग्ने सुनकोसीमा खस्दा यसरी बाँचे गाडी चालक रास्वपाका उपनेताले गरे डेंगीबारे संकल्प प्रस्ताव दर्ता सन्दीप लामिछाने दक्षिण अफ्रिका जाने तयारीमा राष्ट्रिय योजना आयोगमा सदस्य ढुंगानाले पाइन जिम्मेवारी राष्ट्रको शीर झुकाएकोले प्रधानमन्त्रीले माफी माग्नुपर्छ : प्रमुख सचेतक गिरी सरकारले जे गरेपनि दर्शक बनेर हेरेर नबस्ने : रास्वपा अर्थ मन्त्रालयले करमा स्पष्ट पारेपछि उच्च अंकले बढ्यो नेप्से रायमाझी र खाँण अदालतमा उपस्थित बैठक १ घण्टाका लागि स्थगित नागरिकता विधेयकको तीन दलले गरे विरोध सेयर लगानीकर्ताको ५ र ७.५ प्रतिशत पूँजीगत लाभकर नै अन्ति कर हुने : अर्थमन्त्रालय प्रतिनिधिसभाको बैठक अझै सुरु हुन नदिने

कांग्रेस सांसद चन्द्र भण्डारीको भेन्टिलेटर हटाइयो

  • साझा परिवेश
  • सोमवार, फाल्गुन ८, २०७९ १५:५१
कांग्रेस सांसद चन्द्र भण्डारीको भेन्टिलेटर हटाइयो

काठमाडौँ। ग्यास सिलिन्डर चुहिएर घाइते हुनुभएका नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारीको पछिल्लो स्वास्थ्य अवस्थाको रिपोर्टअनुसार परीक्षणका रुपमा भेन्टिलेटर हटाइएको छ।

गत बिहीबारदेखि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत भण्डारीको स्वास्थ्यमा सुधार आएपछि परीक्षणका रुपमा भेन्टिलेटर हटाइएको उनका सहयोगी माधव न्यौपानेले जानकारी दिए। उनका अनुसार आज बिहानसम्म नेता भण्डारीको सबै स्वास्थ्य ‘पारामिटर नर्मल’ रहेको छ। भण्डारीलाई अहिले ज्वरो नआएको र सुन्निएको भागसमेत घट्दै गएकाले स्वास्थ्य सामान्यतर्फ गइरहेको न्यौपानेले बताए।

गत बुधबार राति आफ्नै निवासमा ग्यास सिलिन्डर चुहिएर सांसद भण्डारीसहित उहाँकी आमा हरिकला भण्डारी घाइते हुनुभएको थियो। घटनालगत्तै उनीहरु दुवैजनाको कीर्तिपुरस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचार गरिएको थियो। आमा हरिकलाको भने उपचारका क्रममा बिहीबार बिहान निधन भएको थियो।

नेता भण्डारीलाई नेपालमा यथोचित उपचार सम्भव नभएपछि बिहीबार नै श्री एयरलाइन्सको विमानमार्फत भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा थप उपचारका लागि लगिएको थियो। नेता भण्डारीको दुवै हात र दुवै गोडा गरी २५–३० प्रतिशत जलेको  थियो।

  • साझा परिवेश
  • सोमवार, फाल्गुन ८, २०७९ १५:५१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।