April 17, 2025 | बिहिबार, बैशाख ५, २०८२
सुचनाहरु
विमानस्थलमा एक युवालाई दुर्व्यवहार गर्ने प्रहरिमाथी छानबिन सुरु   माइतीघरमा नाराबाजी गरेका अमेरिकी नागरिक फर्किए आफ्नै देश  नाबालिग जोडीबीच सहमतिमा भएको सम्बन्ध जबरजस्ति करणी नहुने कवाडी संकलक कुट्ने काठमाडौ महानगरका नगरप्रहरीको गयो जागिर  “रुटिन अफ नेपाल बन्द” लाई सुचना आयोगले माग्यो लिखित जवाफ सुनिता डङ्गोल वर्ल्ड इकोनोमिक फोरमको योङ ग्लोबल लिडरमा छनोट, के भन्छिन्? कालीगण्डकीमा नुहाउन गएकी बिण्णुको खोलाले बगाएर गयो ज्यान  २ महिनापछि सकुल भेटिईन् महाकुम्भमा हराएकी रोशनी  घट्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य, कति पुग्यो?  २ बर्षदेखि घाइते कप्तान सिद्धान्त लोहनीको उपचारमा क्यानले देखाएन चासो  फेरि आयो सलमान खानलाई मार्ने धम्की १ बर्षमा २ लाख भन्दा बढिले गरे पाथिभरा माताको दर्शन कक्षा १२ को परिक्षा वैशाख ११ देखि, तर शिक्षक सहभागी नहुने आजदेखि नयाँवर्ष २०८२ सुरु, यसरी सुरुवात गर्नुहोस् नयाँ बर्षको अमेरिकाबाट थप ५ नेपाली निकालिए  तीनकुनेको घरमा आगजनी गर्ने यी दुई युवा पक्राउ  अब प्रहरीहरुले  राजीनामा दिन नपाउने, यस्तो छ कारण  आमाको किरिया बसिरहेका बेला छोराले पनि फेरे अन्तिम सास  तीनकुने घटनाबारे पहिलो पटक बोले पुर्वराजा शाह, के भने?  ओलि दमक आएका बेला रास्वपाले कालो झन्डा देखाएर गर्‍यो विरोध प्रदर्शन

क्रिप्टो किङलाई ११५ वर्षको जेल सजाय

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक १७, २०८० १३:३६
क्रिप्टो किङलाई ११५ वर्षको जेल सजाय
  • क्रिप्टोकरेन्सी एक्सचेन्ज एफटीएक्सका संस्थापक साम बैंकम्यान–फ्राइड दोषी ठहर
  • लगानीकर्ताको अरबौं रकम डुबाएपछि….
  • क्रिप्टो एक्सचेन्ज गैरकानुनी रूपमा लगानी वा प्रयोग गर्दै आइरहेको खुलासा

काठमाडौं ।।

कुनै बेला विश्वकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज एफटीएक्सका संस्थापक साम बैंकम्यान–फ्राइड दोषी ठहर भएका छन् ।साम बैंकम्यान–फ्राइडलाई न्युर्योकको म्यानहट्टन संघीय अदालतले बिहीबार ग्राहकलाई ठगी गरेका सम्बन्धी सात आरोपमा दोषी ठहर गरेको हो ।कुनै बेला क्रिप्टो क्षेत्रका ‘राजा’ अथवा ‘क्रिप्टो किङ’समेत भनिएका ३१ वर्षीय पूर्वअर्बपति साम बैंकम्यान–फ्राइडलाई ११५ वर्षसम्म जेल सजाय हुनसक्ने जनाएको छ ।

लगानीकर्ताको अरबौं रकम डुबाएपछि गतवर्ष आफ्नो कम्पनी कार्यालय एफटीएक्सबाटै उनी पक्राउ परेका थिए । सन् २०२५ को मार्च २८ देखि उनको सजायको फैसला सुरु हुनेछ । गतवर्ष उनको कम्पनी एफटीएक्सले अव्यवस्थित लगानीका कारण आफ्नो सम्पत्ति र ग्राहकको लगानी गरी ८ अर्ब अमेरिकी डलरभन्दा बढी रकम गुमाएको थियो । यो घटनाले क्रिप्टो उद्योगमा ठूलो झट्का लागेको थियो । क्रिप्टो एक्सचेन्ज कम्पनी एफटीएक्ससँग आबद्ध अलमिडा रिसर्चले ग्राहकले जम्मा गरेको रकम गैरकानुनी रूपमा लगानी वा प्रयोग गर्दै आइरहेको खुलासा भएको थियो । त्यसपछि ग्राहकले आफ्नो पैसा तत्काल फिर्ता माग्न थालेसँगै एफटीएक्स टाट पल्टिएको थियो ।

 

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक १७, २०८० १३:३६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट