October 26, 2024 | शनिबार, कार्तिक १०, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

सिंहदरबारले महानगरलाई धम्कीको भाषा प्रयोग गर्नु आपत्तिजनक : शेखर कोइराला

  • साझा परिवेश
  • बिहिबार, चैत्र ३०, २०७९ १0:५५
सिंहदरबारले महानगरलाई धम्कीको भाषा प्रयोग गर्नु आपत्तिजनक : शेखर कोइराला

काठमाडौं ।  नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केन्द्र सरकार र काठमाडौं महानगरपालिका दुवै सच्चिनुपर्ने बताएका छन्। बिहीबार कोइरालाले महानगरले उठाएका प्रश्नको बेवास्ता गर्दै धम्कीको भाषा प्रयोग गर्नु सिंहदरबारले स्थानीय निकायलाई हेर्ने दृष्टिकोणको प्रतिविम्ब भएको टिप्पणी गरेका हुन्।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले केही दिनअघि केन्द्र सरकारले समन्वय नगरेको भन्दै सिंहदरबारको फोहोर नउठाउने घोषणा गरेका थिए।

सिंहदरबारको फोहोर नउठाउने घोषणा गरेपछि मन्त्रिपरिषद् बैठकमा उनको बारे आलोचना भएको थियो। बैठकपश्चात सरकारका प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले साह अराजकतातिर गइरहेको बताएकी थिइन्। उनले फोहोर व्यवस्थापन स्थानीय सरकारले नै गर्ने नीति रहेको र सो नीतिबाट साह भाग्न नमिल्ने बताएकी थिइन्।

सोही विषयलाई लिएर केन्द्र सरकारको आलोचना गरेका कोइरालाले पनि कामपाले सिंहदरबार लगायतका स्थानको फोहोर नउठाउनु अराजकता भएको बताएका छन्। उनले जिम्मेवार निकायको यस्तो व्यवहारको सबैले विरोध गर्नैपर्ने धारणा राखेका छन्।

कोइरालाले भनेका छन्, ‘कामपाले सिंहदरबार लगायत स्थानको फोहोर नउठाउनु अराजकता हो, जिम्मेवार निकायको यो व्यवहारको सबैले विरोध गर्नैपर्छ। अर्कोतर्फ सरकारले पनि महानगरले उठाएका प्रश्नको बेवास्ता गर्दै धम्कीको भाषा प्रयोग गर्नु सिंहदरबारले स्थानीय निकायलाई हेर्ने दृष्टिकोणको प्रतिविम्ब हो। दुबै सच्चिनु पर्छ।’

 

  • साझा परिवेश
  • बिहिबार, चैत्र ३०, २०७९ १0:५५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्