May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

चौथो संस्करणको पथरीशनिश्चरे प्रिमियर लिग क्रिकेट हुने

  • साझा परिवेश
  • बुधबार, अशोज ३, २०८० ११:२६
चौथो संस्करणको पथरीशनिश्चरे प्रिमियर लिग क्रिकेट हुने

पथरी / दुई संस्करण सम्पन्न पथरी गोल्ड कप र पथरी शनिश्चरे प्रिमियर लिग फुटवल प्रतियोगिता संचालन हुन नसकि रहेको अवस्थामा चौथो संस्करणको पथरीशनिश्चरे प्रिमियर क्रिकेट लिग हुने भएको छ । नगरका प्राय सबै वडामा फटवल खेल मैदान छ खेलाडी पनि धेरै छन तर प्रतियोगिता हुन सकेको छैन तर कार्तिक १० वाट पथरीशनिश्चरे प्रिमियर लिग हुने पक्का भएको छ । दुई सस्करण सफल भएको प्रतियोगिताले पछिल्लो हिसाव सावर्जनीक गर्न सकेको छैन ।

यता पथरीशनिश्चरे प्रिमियर लिग क्रिकेट समितिले भने दुख सुख तेस्रो संस्करण सम्म प्रतियोतिता सम्पन्न गरेको छ । समितीले कार्तिक १० वाट हुने प्रतियोगिता बारेमा शनिवार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो । प्रतियोगीता प्रस्तावित पथरी रंगशालामा १४ दिन सम्म सन्चालन हुने छ । प्रतियोगीतामा ७ विभिन्न फ्रेन्चाइज क्लबले सहभागीता जनाउने छन् ।

असोज ६ गते हुने अक्सनमा ७ क्लबले कम्तीमा १४ खेलाडी अनुबन्धन गर्न पाउने आयोजकका सचिव राकेश राईले पत्रकार सम्मेलनमा जानकारी दिए । यस पटकबाट पथरीशनिश्चरे नगर वाहिरका खेलाडीलाई समेत क्लबले अनुवन्धन गर्न पाउने भएको छ । एक क्लबले ४ जना खेलाडी अनुबन्धन गर्ने छन भने २ खेलाडीलाई ‘प्लेइङ्ग एलाभेन’मा समेटन सक्ने छन् । प्रतियोगीताको विजेताले ट्रफि सहित नगद १ लाख ३१ हजार १ सय ११ प्राप्त गर्ने छन् भने दोश्रो हुने क्लबले ७१ हजार १ सय ११ रुपयाँ प्राप्त गर्ने छन् ।

७ क्लब मध्ये अघिल्लो संस्करणमा सहभागी ४ क्लबले खेलाडी रिर्टन गरेका छन् भने नव प्रवेशी गोर्खा लिजेन्डसले २ खेलाडीलाई मार्की खेलाडीका रुपमा अनुवन्धन गरेका छन् । २ क्लबले भने कुनै खेलाडीलाई रिटर्न नगरेको आयोजकका अध्यक्ष विरोज मगरले जानकारी दिए । सातवाघले अनिस लुइटेल र आस्विन महतलाई रिर्टन गरेको छ भने वुद्ध युनाइटेडले राकेश राई,क्लासिक इलाभेन हसदन्हले सुजन खत्री र संन्जीव धिमाल र आइतवारे अस्त्रले आर्दश कार्कीलाई रिर्टन गरेको छ । नयाँ क्लब गोर्खा लिजेन्डसले आभाष पाहिम र योगेश श्रेष्ठलाई मार्कीका रुपमा अनुबन्धन गरेको छ । प्रतियोगीताको अक्सनका लागी २३२ खेलाडी दर्ता भएका छन् ।

विभिन्न ३ ‘क्याटोगरी’ अन्तरगत ति खेलाडी दर्ता भएका हुन् । आयोजकले अक्सनका लागी प्रकाशित गरेको खेलाडी ‘ड्राफ्ट’मा ५१ जना खेलाडी ‘ए क्याटोगरी’मा दर्ता भएका छन् । ३३ जना ‘वि’ मा र १४९ जना ‘सि क्याटोगरी’मा दर्ता भएका छन् । ‘क्याटोगरी ए’ मा दर्ता भएका खेलाडीको ३ हजार ‘वेस प्राइज’ तोकिएको छ भने ‘वि’ को २ हजार र ‘सि’ को १ हजार ‘वेस प्राइज’ तोकिएको छ । प्रत्येक टिमका लागी ५० हजार रुपयाँ ‘वालेट’ राखिएको छ ।

यस वर्ष हुने प्रतियोगीताको अक्सन ड्राफ्टमा उमेर समुह वाट अन्तराष्ट्रिय प्रतियोगीतामा सहभागीता जनाएका दिपेश कडेल देखी प्रदेशको टोली वाट विभिन्न प्रतियोगीतामा सहभागीता जनाएका खेलाडी समेटीएका छन् । यस पटक सवैभन्दा कम ९ वर्षका सौरब वस्नेत अक्सनको लिष्टमा समेटिएका छन भने ४५ वर्षका खेलाडी राज वस्नेतको समेत नाम अक्सनको ड्राफ्टमा समेटिएको छ ।

स्थानीय क्रिकेट खेलाडीको उत्पादन गर्न र क्रिकेट प्रतिभा पहिचान गर्न चौथो संस्करणको क्रिकेट लिग प्रतियोगीता आयोजना गरिन लागेको सचिव राकेश राईले जानकारी दिनु भयो । प्रतियोगीता सम्पन्न गर्न करिव १० लाख लागत लाग्ने आयोजकले जनाएको छ । प्रतियोगिताका लागि मुख्य प्रायोजक पथरी शनिश्चरे नगरले ७ लाख ५० हजार सहयोग गरेको छ ।

  • साझा परिवेश
  • बुधबार, अशोज ३, २०८० ११:२६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।