April 10, 2025 | बिहिबार, चैत्र २८, २०८१
सुचनाहरु
बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी  तीनकुनेमा गोलि लागेर ज्यान गुमाएका सविनकी श्रीमतीलाई भाटभटेनीले जागिर दिदै  हत्या गरेको १७ वर्षपछि साधुको भेषमा लुकिछिपी बसेका पुजारी पक्राउ आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो बुबाले गुगल ड्राइभमा राखे जरिवाना तिर्ने डरले राप्रपाले आफैं सफा गर्यो सडक राप्रपाको बल्खु सभामा होहल्ला गर्दा दुई जना पक्राउ आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर खोज्दै प्रहरी आर्मी छोडिन् गोलकिपर अन्जना मगरले, कहाँ गईन्?  प्रमुख प्रशासकीय अधिकृत फर्किएपछी बल्ल पाए काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीले तलब सुरेश रजक जलेको घरबाट निस्कीएकी एनीको भुमिका संकास्पद भन्दै पक्राउ गर्यो प्रहरीले भैरहवा कारागार पुर्याइयो रबि लामिछानेलाई  रविलाई आजै थुनामा पठाइने

जाजरकोट भूकम्प अपडेट : मृतकको संख्या एक सय ३८ पुग्यो

  • साझा परिवेश
  • शनिबार, कार्तिक १८, २०८० १५:५४
जाजरकोट भूकम्प अपडेट : मृतकको संख्या एक सय ३८ पुग्यो

काठमाडौं । जाजकोटको रामी डाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पबाट मृत्यु हुनेको संख्या एक सय ३८ पुगेको छ ।

शुक्रबार राति ११ बजेर ४७ मिनेटमा ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प जाँदा सबैभन्दा धेरै जाजरकोटमा एक सय जनाको मृत्यु भएको छ ।

नेपाल प्रहरीले दिएको जानकारीअनुसार जाजरकोटमा भूकम्पमा परी ८१ जना घाइते भएका छन् । जसमा ३३ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने २२ जना घाइतेलाई थप उपचारका लागि सुर्खेत रिफर गरिएको प्रहरीले जनाएको छ ।

यस्तै भूकम्पमा परी रुकुम पश्चिममा मृत्यु हुनेको संख्या ३८ पुगेको छ । रुकुम पश्चिममा ८५ जना घाइते भएका छन् । जसमध्ये ३० जना उपचारपछि डिस्चार्ज भएका छन् भने ४० जना उपचाररत छन् । १५ जनालाई थप उपचारका लागि सुर्खेत र नेपालगन्ज रिफर गरिएको प्रहरीले जनाएको छ ।

मृतकको संख्या एक सय ३८ पुग्दा कुल घाइते एक ६६ जना छन् ।

  • साझा परिवेश
  • शनिबार, कार्तिक १८, २०८० १५:५४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट