May 8, 2024 | बुधबार, बैशाख २६, २०८१
सुचनाहरु
सुहाङले आज सांसदको ग्रहण गर्दै कस्तो रहला आजको मौसम ? कुन कुन ठाउमा पर्ला पानी ? आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने पर्वको रुपमा मनाइँदै गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतको विरुद्ध सर्वोच्चमा रिट संसदमा बोल्न पाउँ भन्दै रवि लामिछानेले दिए निवेदन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन सकियो, कांग्रेसले छोडेन अडान ओखलढुंगामा आगोमा जलेर आमाछोराको मृत्यु रास्वपा संसदीय दलको बैठक बस्दै गण्डकीका सभामुखले असंवैधानिक कार्य गरेको कांग्रेसको ठहर एक बर्ष नपुग्दै इलाम र सिराहाका एसपी तानिए झापा प्रहरीद्वारा ३५३ जना फरार प्रतिवादी पक्राउ उपेन्द्र यादव पक्षको दाबी जसपा विभाजन भएको छैन सार्वजनिक बसमा प्रहरीको चेकजाँच, गाजाँसहित २ जना पक्राउ नेप्से परिसूचक १५.६२ अङ्कले घट्यो अब जोकोहीलाई विरामीको बहानामा हिरासतबाट अस्पताल नपठाउनु’ : गृह मन्त्रालय कतार एयरवेजको विमान उड्नेक्रममा धुँवा देखियो सवारी “लाइसेन्स” को समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन टी–२० विश्वकप : वेस्टइन्डिजमा हुने म्याचका लागि सुरक्षा खतरा आकलन स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति पौडेल सुन्दरहरैँचा उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा सपथग्रहण कार्यक्रम सम्पन्न

सरकारले केही काम गर्न नसकेर भ्रष्टाचारलाई स्टन्ट बनाएको : ओली

  • साझा परिवेश
  • मङ्लबार, असार २६, २०८० १६:0६
सरकारले केही काम गर्न नसकेर भ्रष्टाचारलाई स्टन्ट बनाएको : ओली
  • केही काम गर्न नसकेपछि सरकारले भ्रष्टाचारको स्टन्ट रोजेको 
  • लडेको राँगोलाई मैले पछारेको’ भने जस्तै हो 
  • भुटानी शरणार्थी प्रकरण पहिला ढाकछोप गरेको र बाहिरिएपछि अघि बढाएको आरोप 
  • एमालेलाई बदनाम गर्न खोजे पनि अनियमितता र भ्रष्टाचारमा एमालेको संलग्नता नभएको ओलीको दाबी 

काठमाडौं ।।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही काम गर्न नसकेपछि सरकारले भ्रष्टाचार विरोधी अभियानका नाममा पोलिटिकल स्टन्ट मात्र गरेको बताएका छन् । एमालेको बागमती प्रदेश कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले भ्रष्टाचारविरोधी काममा सरकारको योगदान नै नभएको बताए । ‘अहिलेको सरकार, खासगरी प्रधानमन्त्री र गृहमन्त्री, लडेको राँगो मैले पछारेको भन्ने खालका छन् ’ ओलीले भने ।

भुटानी शरणार्थी प्रकरणमा १९ जेठ २०७९ मै प्रहरीकहाँ निवेदन परेको भए पनि अहिले सरकारमा भएकाहरुले ढाकछोप गरेको र बाहिरिएपछि अघि बढाएको उनले बताए । यो नियमित प्रक्रियाअनुसार अघि बढेको भन्दै उनले हामीले  गरयौं भन्नु व्यर्थको पोलिटिकल स्टन्ट मात्र भएको उनले बताए । ओलीले अघि भने, ‘अहिले पनि कहाँ मुद्दा चलेको छ र ? धर्मस्थलीतिरको केस खोइ ? मातातीर्थको केस खोइ ?’

एमालेलाई बदनाम गर्न खोजे पनि यस्ता कुनै अनियमितता र भ्रष्टाचारमा एमालेको संलग्नता नभएको समेत ओलीले बताए ।

 

  • साझा परिवेश
  • मङ्लबार, असार २६, २०८० १६:0६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।