April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै

मन्त्री बस्नेतको भ्रामक अभिव्यक्ति सच्याउन डा. गोविन्द केसीको आग्रह

  • साझा परिवेश
  • बुधबार, अशोज २४, २०८० १६:२९
मन्त्री बस्नेतको भ्रामक अभिव्यक्ति सच्याउन डा. गोविन्द केसीको आग्रह
  •  गोविन्द केसीद्वारा स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको आलोचना 
  • अभिव्यक्ति र क्रियाकलाप गैरजिम्मेवार भएको भन्दै उनले सच्याउन आग्रह
  • नेपालमा डाक्टर र नर्सिङ पढ्न पाएनन् विदेश जानु पर्‍यो भन्ने मन्त्रीको अभिव्यक्ति भ्रामक

काठमाडौं ।।

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको आलोचना गरेका छन् । मन्त्री बस्नेतको अभिव्यक्ति र क्रियाकलाप गैरजिम्मेवार भएको भन्दै उनले सच्याउन आग्रह गरेका छन् ।स्वास्थ्यमन्त्री बस्नेतले मंगलबार एक कार्यक्रमा स्वास्थ्य जनशक्ति उत्पादन कम भएको भन्दै चिकित्सा शिक्षा ऐन संशोधन गर्ने बताएका थिए । त्यसको भोलिपल्ट डा. केसीले वक्तव्य जारी गर्दै नेपालमा डाक्टर र नर्सिङ पढ्न पाएनन् विदेश जानु पर्‍यो भन्ने मन्त्रीको अभिव्यक्ति भ्रामक रहेको बताएका छन् ।

ऐन लागू भएपछि मेडिकल शिक्षाका लागि विदेश जाने संख्या गुणात्मक रुपमा घटेको भन्दै उनले भनेका छन्, ‘मेडिकल कलेजमा सशुल्क पढ्नेहरुको लागि तोकिएको सिट खाली छन् ।’ चिकित्सा शिक्षा ऐन अमुक नेताको हुकुम वा इच्छामा नभई चिकित्सा शिक्षाविद्हरुको महिनौंको अध्ययन अनुसन्धानबाट तयार भएको उनले बताएका छन् । यसले कुनै शिक्षालयलाई आउन नरोकेको भन्दै उनले अघि भने, ‘ऐन अनुसार मापदण्ड पूरा गरेर सञ्चालन गरे हामीलाई कुनै आपत्ति छैन ।’

तीन-चार दशकदेखि सरकारी अस्पताल तथा स्वास्थ्य केन्द्रहरु नथपिएको र भएकामा पनि दरबन्दी नबढ्दा डाक्टर नर्स लगायतका स्वास्थ्य जनशक्ति वेरोजगार रहेको उनले बताएका छन् । ‘स्वास्थ्यमन्त्रीको हैसियतले यस्ता समस्या सम्बोधन गर्नुपर्ने थियो’ उनले भनेका छन्, ‘मापदण्ड नपुगेका र नियम कानुन मिच्ने निजी शिक्षालयहरुलाई कारबाही गर्ने कदम चाल्नुको साटो उल्टै उनीहरुको वकालत गर्दै हिँड्नु निन्दनीय काम हो ।’

स्वास्थ्य जनशक्ति उत्पादन संवेदनशील कम भएको र यसको नियमन तथा व्यवस्थापन चिकित्सा शिक्षा सम्बन्धी नियामक निकायले गर्नुपर्ने डा. केसीको जोड छ । आफूहरुसँग भएको सहमतिअनुसार २०८० सम्म प्रत्येक प्रदेशमा एउटा सरकारी मेडिकल कलेज वा प्रतिष्ठान सञ्चालन गर्नुपर्ने भए पनि माफियाहरुसँग मिलेर रोकेको भन्दै उनले सत्याग्रहसहित आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

  • साझा परिवेश
  • बुधबार, अशोज २४, २०८० १६:२९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।